You are here
Home > प्रवास > जलविद्युत क्षेत्रमा लगानी बढाउन बंगलादेशसँग महत्वपूर्ण समझदारी

जलविद्युत क्षेत्रमा लगानी बढाउन बंगलादेशसँग महत्वपूर्ण समझदारी

२५ श्रावण २०७५, शुक्रबार १६:०८

नेपाल र बंगलादेशबीच ऊर्जा सहयोग आदाप्रदानसम्बन्धी द्विपक्षी समझदारी भएको छ।

शुक्रबार सिंहरदवारस्थित ऊर्जा मन्त्रालय भएको एक कार्यक्रकाबीच नेपालका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नरशुल हमिदले समझदारी पत्रमा औपचारिक रुपमा हस्ताक्षर गरे।

समझदारीपत्रमा द्विपक्षीय मित्रतालाई आर्थिक तथा व्यापारिक विकासमा सहकार्य गर्न विद्युत उत्पादन, ऊर्जा दक्षता, नविकरणीय ऊर्जा, ग्रीड कनेक्टिभिटि, तथा जलविद्युतको विकासबाट हुने हितलाई क्षेत्रीय लगायत विभिन्न बुँदा रहेका छन्। त्यस्तै सझदारी पत्रमा विद्युत क्षेत्रमा लगानी गर्न दुई मुलुकका उद्योगीलाई प्रोत्साहन गर्ने, दक्षिण एसियामा रहेको ऊर्जा सम्झावनालाई क्षेत्रीय तथा उपक्षेत्रीय तहको सहकार्यबाट जीवनस्तरको विकास र सुधार गर्न सकिने बुँदा उल्लेख छ।

समझदारी पत्रअनुसार दुई देशबीच सहकार्यका लागि ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति र सहसचिवस्तरमा संयुक्त प्राविधिक समूह गठन हुनेछ। आगामी दुई महिनाभित्रै ती समितिको बैठक बसेर भावी कार्यदिशा तय गरिनेछ।
नीति तथा कानुनको अधिनमा रही सहयोग र समन्वय गर्न सचिवस्तरिय समुहले पहल गर्ने र लगानी तथा नीजि क्षेत्रका व्यक्तिसँगको सहकार्यमा सहसचिवस्तरिय समुह अगाडि बढ्ने समझदारी भएको हो।

दुई मुलुकबीच विद्युत् व्यापारको सम्भावना खोज्न राष्ट्रिय तथा क्षेत्रीय ग्रिड कनेक्टिभिटी स्थापनाको लाग दुबै पक्षले पहल गर्ने समहदारी भएको छ। यस्तै दुई मुलुकबीच संयुक्त सहकार्यका लागि प्रोत्साहन तथा समन्वय गर्न सहमत भएको ऊर्जा मन्त्रालयले जनाएको छ।

जनशक्ति विकास र ऊर्जा क्षेत्रको उत्पादकत्व र दक्षता वढावा गर्ने, विद्युत उत्पादन, प्रसारण, वितरण तथा जलविद्युत आयोजनाको विकास, लगानीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने समझदारीपत्रमा जनाइएको छ।

संयुक्त बैठकपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा ऊर्जामन्त्री पुनले दुबै देशका सरकारले नेपालमा ऊर्जा क्षेत्रमा लगानी गर्न छलफल गरेको जानकारी दिँदै केही समयमै बंगलादेशबाट पाँच सय मेगावाट विद्युत आयात गर्ने सहमति भएको बताए। उनले विद्युत विकासका लागि बंगलादेशसँगको सहमति कार्यान्वयन हुने दावी गरे।

उक्त अवसरमा बंगलादेशका ऊर्जामन्त्री हमिदले नेपाल, भारत र बंगलादेशबीच समन्वयन गरेर विद्युत विकासका लागि काम गर्ने सहमति भएको जनाए।

उनले केही समयमै हुन लागेको बिमस्टेक बैठकमा पनि विद्युत विकासको कुरा उठाउने जानकारी दिँदै नेपाल र बंगलादेशबीच सरकार, सरकारको जी टु जी लगानी बढाएर जलविद्युतमा परिवर्तन ल्याउन सहकार्य गरिने बैठकमा छलफल भएको उल्लेख गरे।-नेपालखबर

  • 4
    Shares