You are here
Home > Front News > प्रकाण्डको गिरफ्तारीविरुद्ध योङ्ग रेडफोर्स नेपालको विज्ञप्ति, रिहाई को माग गर्दै नेपाल बन्द आहवान !!!

प्रकाण्डको गिरफ्तारीविरुद्ध योङ्ग रेडफोर्स नेपालको विज्ञप्ति, रिहाई को माग गर्दै नेपाल बन्द आहवान !!!

२६ श्रावण २०७५, शनिबार २१:५२

काठमाडौं । योङ्ग रेडफोर्स नेपालका संयोजन अनुप शाहीले नेकपाका प्रवक्ता प्रकाण्डको गिरफ्तारीको विरोध जनाएका छन् । उनले आफूलाई कम्युनिस्ट बताउने सरकारले क्रान्तिकारी नेतालाई गिरफ्तारी गर्नु निन्दनीय भएको बताए ।

योङ्ग रेडफोर्स नेपालको गम्भीर ध्यानाकर्षण भएको र २०७५/०४/२२ गतेका दिन ने.क.पा.का प्रबक्ता क. प्रकाण्डलाइ बिना कारण दलाल सत्ताले राती अपहरण गरि बेपत्ता परि २०७५/०४/२३ गते मात्र सार्बजनिक गरेको र हाल प्रबक्ता लगाएत PBM तथा CCM र नेता कार्यकर्तालाई राजनीतिक आस्थाकै कारण जेल जीवन बिताउन बाध्य पारिएकाले सबै नेता कार्यकर्ताको रिहाईको माग गर्दै मिति २०७५/ ०४/२९ गते नेपाल बन्द गर्ने शर्माले एक विज्ञप्ति मार्फत जनाएका छन्।

  • 1.1K
    Shares