You are here
Home > साहित्य > २००१ का नोबल साहित्य पुरस्कार विजेता भीएस नइपालको निधन

२००१ का नोबल साहित्य पुरस्कार विजेता भीएस नइपालको निधन

२७ श्रावण २०७५, आईतवार १०:५६

२००१ का नोबेल साहित्य पुरस्कार विजेता तथा प्रसिद्ध लेखक भिएस नइपालको निधन भएको छ। ८५ वर्षे नइपालको लन्डनस्थित घरमा शनिबार निधन भएको बिबिसीले परिवारलाई उद्धृत गर्दै समाचार प्रकासित गरेको छ

 उनको जन्म सन् १९३२ मा क्यारेबियन देश त्रिनिडाडमा भएका थिए । त्रिनिडाडमा हुर्के बढेका भारतीय मुलका नइपालले अक्सफोर्डमा पढेका थिए।

तीसभन्दा बढी पुस्तक लेखेका नइपालका ‘ए बेन्ड इन द रिभर’ र ‘ए हाउस फर मिस्टर विश्वास’ विश्वचर्चित छन्। उनले सन् १९७१ मा बुकर पुरस्कार समेत  प्राप्त गरेका थिए।