You are here
Home > Front News > एसएसपी सिहले कमाण्ड सम्हालेपछि अपराधीको ‘काल’ बन्दै अपराध महाशाखा

एसएसपी सिहले कमाण्ड सम्हालेपछि अपराधीको ‘काल’ बन्दै अपराध महाशाखा

२९ श्रावण २०७५, मंगलवार १०:०३

काठमाडौं –एक बर्षदेखि सेलाएको महानगरीय अपराध महाशाखा एसएसपी धिरजप्रताप सिंहको आगमनसँगै निक्कै सक्रिय भएको छ ।
एसएसपी सर्र्वेन्द्र खनाल (हाल आईजी) को सरूवासँगै महाशाखा सेलाएको थियो । खनालपछि महाशाखामा आएका एसएसपी दिनेश अमात्य ६ महिना नबित्दै तानिए भने त्यसपछि आएका एसएसपी दिपेश लोहनी पनि साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा तानिए ।

अहिले महाशाखाको जिम्मा सिंहले पाएका छन् । उनी आएको तीन महिना नवित्तै महाशाखाले धेरै उपलब्धी हात पारेको छ ।
आपराधिक गिरोहसँग रहेको वैध हतियारको लाईसेन्स रद्ध गर्दै नियन्त्रण, नागराजको नाममा सट्टेबाजी धन्दा चलाउँदै आएका अमित अग्रवाल पक्राउ गरी जेल पठाउन महाशाखा सफल भयो ।

अग्रवालले नेपालमा एक दशक देखि सट्टेबाजीको धन्दा चलाउँदै आएका थिए । त्यस्तै सलमान खान नेपाल ल्याउने भनेर टिकट बिक्री गरी करोडौं ठगी गरेका सिमान्त गुरूङको पक्राउले महाशाखाको हाईट बढेको छ । राजनीतिक आडमा रहेका गुरूङले पटक–पटक यस्ता कार्यक्रम गर्ने भन्दै ठगी गर्दै आएका थिए ।
यस्तै महाशाखाले लुटपाटमा संगलग्न एक दर्जन गिरोहलाई पक्रउा गरिसकेको छ । ति मध्य एक जनालाई गोली प्रहार गरेरै नियन्णमा लिएको थियो ।

डलर र सुन देखाएर सर्बसाधारणलाई ठगी गर्ने गिरोह माथि महाशाखाले अप्रेशन नै चलाएको छ । अप्रेशनमा एक दर्जन पेशेवर लुटेरा पक्राउ परिसकेका छन् ।

यसै अन्र्तगत गत साता ११ बर्षिय बालक निशान खड्काको अपहरण पछि हत्या गर्ने दुई व्यक्तिको ईन्काउन्टरले महाशाखाको उचाई झन बढाएको छ । नुवाकोटका अजय तामाङ र सिन्धुपाल्चोकका गोपाल तामाङ महाशाखाको ईन्काउन्टर मा परेका हुन् । निशानको अपहरण पछि हत्या गरी फरार रहेका उनिहरूलाई महाशाखाको टोलीले झक्तपूरमा नियन्णमा लिन खोज्दा प्रहरीमाथी नै फायर खोलेपछि प्रहरीको जवाफि फाईरिङमा उनिहरू मारिएका हुन्

तीन महिनाको अवधिमा महाशाखाले उपत्यककाको शान्ति सुरक्षामा ठूलै योगदान दिएको सर्बसाधारणको बुजाई रहेको छ । अब महाशाखाले हराएको तस्करीको साढे ३३ किलो सुन र त्यसमा संलग्न अन्य अभियुक्तको खोजी थालेको छ ।