You are here
Home > प्रवास > दिलबहादुरलाई बचाउन उपराष्ट्रपती पुत्र दीपेशले परराष्ट्रमन्त्रीलाई हस्तान्तरण गरे ६७ लाख ब्लड मनी

दिलबहादुरलाई बचाउन उपराष्ट्रपती पुत्र दीपेशले परराष्ट्रमन्त्रीलाई हस्तान्तरण गरे ६७ लाख ब्लड मनी

३० श्रावण २०७५, बुधबार २०:२५

काठमाडौ –उपराष्ट्रपती पुत्र दीपेश पुनले साउदी अरेवियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि संकलित ६७ लाख रुपैंया बुधबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई हस्तान्तरण गरेका छन । जनमुक्ती सेनाका पुर्व सदस्य समेत रहेका दिलबहादुर २०७३ जेठ ३० गते देखि साउदी अरेवियाको जेलमा छन । रियादको दोआद्मी भन्ने ठाउँमा कार्यरत रहँदा सवारी चलाउने क्रममा बाटोमा साउदी नागरिकले चलाएको कारमा ठोक्किदा साउदी नागरिकको मृत्यु भएको थियो ।

२०७३ जेठ ३० गते जेल परेका घर्तीलाई अदालतले ७५ प्रतिशत गल्ती गरेको ठहर गरि देखाई २ लाख २५ हजार रियल मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । हाल उनी क्षतिपूर्ति रकम तिर्न नसकेर साउदी जेलमा जीवन बिताइरहेका छन् ।

उनलाई जेल मुक्त गर्न आवश्यक रकम संकलनकालागी दिपेश पुनको संयोजकत्वमा अभियान शुरु गरिएको थियो । विगत तीन महिना अगाडिदेखि सहयोग संकलन अभियान टोलीले घर्तीमगरको जीवन रक्षाका लागि ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनि संकलन अभियान–२०७५’ संचालन गरेको थियो । बुधबार परराष्ट्रमन्त्रीलाई हस्तान्तरण गरिएको सो रकम साउदी दूताबास हुँदै मृतकका परिवारले प्राप्त गरेपछि दिलबहादुर जेलबाट रिहा हुनेछन् ।

  • 16
    Shares