You are here
Home > राजनीति > पुर्वराजा ज्ञानेन्द्र बैंकक हुदां हिन्दूवादी किन पुगे लखनउ ?

पुर्वराजा ज्ञानेन्द्र बैंकक हुदां हिन्दूवादी किन पुगे लखनउ ?

२ भाद्र २०७५, शनिबार १४:५६

काठमाडौं –पुर्वराजा ज्ञानेन्द्र शाह तीन साता लामो बैंकक बसाई सकेर शुक्रबार स्वदेश फर्केका छन । परिवारसहित साउनको दोस्रो साता बैंकक गएका उनि फर्किदा हर्षित देखिन्थे । पटक पटकको बैंकक घुमाईले यो पटक सार्थक्ता पाएको हुन सक्छ अरु बेलाको भन्दा यो पटकको फिर्ति सवारीका बेला पुर्व राजा खुशी देखिन्छन उनि निकटका एक सहयोगीले मुलधार न्युजसंग भने ।

खुशी हुनुको कारण यस्तो हुन सक्छ
सन् २०१९ को निर्वाचनमा बहुमतका साथ सरकार बनाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हिन्दूत्व स्थापनाका लागि निर्मलनिवासलाई सहयोग गर्ने भएका छन् । यसको चाँजोपाँजो मोदीका ‘आर्थिकदूत’ सिद्धार्थ अम्बानीले मिलाउने भएका छन् ।
अम्बानीले मोदीका लागि आगामी लोक सभा निर्वाचनमा अर्बौं सहयोग गर्दैछन् । उनी जर्मनमा २५ अर्ब डलर भन्दा बढिको व्यापारमा आवद्ध ‘दामी’ व्यापारी हुन् । परिवारका साथ थाइल्यान्ड भ्रमणमा रहेका बेला पूर्वराजा ज्ञानेन्द्रलाई भेट्नकै लागि अम्बानी निजी विमानबाट बैंकक पुगेका थिए । भारतीय संस्थापनसँग धार्मिक बाटोबाट जोडिएका ज्ञानेन्द्रले आर्थिक बाटोलाई पनि प्रभावकारी बनाएका छन् । बैंककमा भारतीय गुप्तचर संस्था रअका अधिकारीहरूसँग पनि उनले भेट गरिसकेका छन् ।

छोरा तथा पूर्वयुवराज पारस शाहलाई काठमाडौंमै छाडेर परिवारका अन्य सदस्यसहित बैंककमा समर भ्याकेशन मनाउन पुगेका ज्ञानेन्द्रले मोदीको नजिक रहेको इन्टेलिजेन्स व्युरो (आइबी)का अधिकारीहरूसँग पनि विश्वमा हिन्दूत्व जोगाउनका लागि नेपालमात्र बाँकी रहेकाले यसमा पहल गर्न भनेका थिए । उनले मोदीका सुरक्षा सल्लाहकार अजित डोभाललाई पनि यस पटक बैंककमा भेटेका छन ।

स्रोतका अनुसार भारतले अब हिन्दूत्वको आन्दोलन अथवा एकल नारा लगाउन कठिन हुने भएकाले अन्य धर्म अति कम रहेको नेपालमा हिन्दूत्वको विजारोपण गर्नुपर्ने धारणा अम्बानीले राखेका थिए । त्यसमा पूर्वराजा ज्ञानेन्द्रले हर्ष प्रकट गरे । हिन्दूत्वको आस्था र राजतन्त्रप्रतिको विश्वा जगाउनका लागि बुहारी पूर्वयुवराज्ञी हिमानीसहित परिवारका अन्य सदस्य सक्रियताका साथ लागिरहेको जानकारी भारतीय अधिकारीलाई पूर्वराजाले गराएका थिए । त्यसमा उनको गुनासो पनि थियो,‘भारतका कारणले नै राजतन्त्र ढलेको हो ।’
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा हिन्दु राज्य र हिन्दुत्वको रक्षाका लागि उपयुक्त वातावरण बनाइदिनका लागि भारतीय अधिकारीहरूलाई निरन्तर आग्रह गरिरहेका छन् । यसअघि उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर पनि यहि विषयमा कुराकानी गरेका थिए । नेपालमा विश्व हिन्दू महासंघले आन्दोलनका लागि फरक तयारी गरिरहेको सन्देश लिएर बैंकक पुगेका ज्ञानेन्द्रले नेपालमा हिन्दू राज्यको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको सक्रियता रहेको पनि सूक्ष्म जानकारी भारतीय एजेन्सीका अधिकारीलाई गराएको स्रोतको दाबी छ ।

पत्नी कोमल, बुहारी हिमानीसहित नातिनीहरूसँग थाइल्यान्डमा गर्मी छल्न पुगेका ज्ञानेन्द्रले हिन्दू धर्मको आन्दोलनका लागि ‘फन्डिङ’ को चाँजोपाँजो मिलाएको उच्च स्रोतको दाबी छ । ‘लगानीबिना कुनै पनि आन्दोलन सफल नहुने भएकाले हिन्दूत्व जोगाउनका लागि भारतीय उद्योगी र व्यापारीले दरबारलाई सहयोग गर्ने आश्वासन दिएका छन्’, उच्च स्रोतले भन्यो,‘त्यहि विषयमा कयन घन्टा कुराकानी भएको थियो ।

हिन्दूवादीको टोली लखनउमा

पुर्व राजा ज्ञानेन्द्र शाह बैंककमा भारतिय संस्थापन पक्षसंग भेटि रहदा उनि निकटका हिन्दूवादीहरु लखनउमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग छलफलमा थिए । नेपाललाई हिन्दू र राजसंस्थाको वकालत गर्दै आई रहेका योगी र विश्व हिन्दू महासंघका प्रतिनिधि मण्डलबिचको पछिल्लो भेटलाई अर्थपूर्ण रुपले हेरिएको छ । विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा भारत राष्ट्रिय समितिका अध्यक्ष गोरक्ष पिठका पीठाधिश्वर महन्त समेत हुन । केहि समय अघि पुर्व राजा पश्चिम नेपालको भ्रमणमा रहदा नेपालगञ्जबाट अचानक योगीकै निमन्त्रणामा लखनउ पुगेका थिए । सो भेटमा पुर्व राजा र योगीबिच नेपालमा हिन्दू र राजसंस्था फर्काउने विषयमा रण्नैतिक छलफल भएको बताईन्छ । सोहि छलफलपछि पुर्व राजाको पछिल्लो पटक भारतिय संस्थापन पक्षसंग भेट भएको बताइएको छ । टोलीमा सहभागी एक सदश्यले भने विश्व हिन्दू महासंघका अध्यक्ष जनरल भरतकेशरी सिहको निधनपछि नेपालमा नेतृत्व कसले लिने भन्ने विषयमा योगीसंग भेट भएको बताए । विश्व हिन्दू महासंघ नेपालका प्रमुख सल्लाहकार हेमबहादुर कार्की, कार्यवहाक अध्यक्ष प्रमोद चौरडिया तथा महासचिव अस्मिता भण्डारी सहभागीथिए । भेटमा नेपालमा हिन्दू राष्ट् रराजसंस्था पुर्नस्थापनाका विषयमा पनि गम्भिर छलफल भएको बताइएको छ ।

तीन राप्रपामा एकताको गाँठो फुक्दै
काठमाडौं पुर्व राजा ज्ञानेन्द्र बैंकक हुदां र हिन्दूवादीे लखनउमा रहेका बेला तीन टुक्रामा टुक्रिएको राप्रपा भित्र पनि एकताका विषयमा गम्भिर छलफल भएको छ । एकै पृष्ठभूमीका राप्रपाहरुलाई एक ठाउँ ल्याउने प्रयास जारी छ । एकीकृत राप्रपाको अध्यक्ष को बन्ने भन्ने निश्चित हुन नसकेकै कारण राप्रपा एकता टुंगोमा पुग्न सकेको छैन । पशुपति शमशेर जबरा, कमल थापा र डा प्रकाशचन्द्र लोहनी सबैको अध्यक्ष पदमा दाबी कायम छ ।

अध्यक्षहरुको पद र प्रतिष्ठाको झगडामा कार्यकर्ताको भविष्य चेपुवामा पर्न हुदैन भन्ने आमकार्यकर्ताको धारणा छ । यसै धरातल मनन् गर्दै तीनवटै राप्रपाका दोस्रो पुस्ताका नेताहरु धैर्यता नसाँध्ने सहमतिमा छन् ।

केही नलागे तीनवटै अध्यक्षलाई छाडेर नयाँ रुपमा अघि बढ्नुपर्छ भन्ने धारणा राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीका दोस्रो पुस्ताबीच छलफल भइरहेको राप्रपाका एक पदाधिकारी बताउछन् ।

त्यसकारण राणा, थापा र लोहनीले अध्यक्ष पदकै लागि एकता प्रक्रियालाई बन्दी बनाइराख्ने हो भने नयाँ परिस्थिति सिर्जना हुने संभावना बढेको देखिन्छ ।

अब बाटो क्लियर हुने दाबी
कार्यकर्तापंक्तिको धैर्यता टुट्ने अवस्था भएपनि परिस्थिति त्यहाँसम्म नपुग्ने एक वरीष्ठ नेताको दाबी छ । पशुपति शमशेर जबरा क्याम्बोडिया र थाइल्याण्डको भ्रमणबाट फर्केपछि अगाडिको बाटो क्लियर हुनेछ । एकीकृत राप्रपाको अध्यक्ष राणा बन्ने श्रृङ्खला आरम्भ हुनेछ, ती नेता बताउछन् ।

अध्यक्ष पदमा राणा बस्ने भएपनि, स्रोतले बताए अनुसार, सामूहिक नेतृत्वको संस्कार र अभ्यास कायम गरिनेछ । जसअनुसार विचार, दर्शनको फाँटसहित लोहनीलाई उच्चस्तरीय नीतिगत जिम्मेदारी दिइने प्रस्तावना छ । जनता र कार्यकर्ताबीच सार्वजनिक छवी धेरै बिग्रीएको कारण हाल कमल थापालाई व्यवस्थापकीय, आन्तरिक प्रशासन र कुटनीतिको क्षेत्रमा विशेष जिम्मेदारी प्रदान गरिने संभावना छ ।

संगठन र नीतिगत सबै निर्णय भने हालका तीन अध्यक्षलगायत संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्द, बुद्धिमान तामाङ, दिपक बोहरा, केशरबहादुर विष्ट सम्मिलित संयन्त्रबाट गरिनेछ । नीतिगत निर्णय कार्यान्वयन गर्न गराउन दोस्रो युवा पुस्ताको सक्रियतामा विभिन्न सहयोगी कामकाजी संयन्त्रहरु निर्माण गरिनेछ ।

राणालाई रोक्ने अन्तिम प्रयास
राणा थाइल्याण्ड उडे लगत्तै उनकै महामंत्री सुनिलबहादुर थापाले, राप्रपाले हिन्दु राज्य र राजसंस्थाको मुद्दा छाडेमात्र एकता वार्ता अघि बढ्ने धारणा सार्वजनिक गरे । सुनिलको वक्तव्य आउनासाथ कमल थापाले वार्ता अवरुद्ध भएको घोषणा गरे ।

दुई थापाको एक अर्काको पूरक कदम नियोजित थियो भन्ने घटनाक्रम आफैंले प्रमाणित गर्दछ । मूलतः राणाको अध्यक्ष बन्ने अवस्था कमजोर बनाउन यस्तो कदम चालिएको बताइन्छ । गत वर्षको एकता महाधिवेशनमा पनि सुनिलले, राणाको बदला, सार्वजनिक रुपमै कमललाई समर्थन गरेका थिए ।

राजा, हिन्दुको वकालतमा राणा
सम्वद्र्धनवाद र परम्परागत शक्तिको परिभाषामा राणाले संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्यकै वकालत गरीराखेका छन् ।

वरीष्ठ उपाध्यक्ष दिपक बोहराको निर्देशनमा प्रवक्ता राजेन्द्र गुरुङले वक्तव्य जारी गर्दै महामंत्री सुनिलको धारणा खण्डन गर्नु त्यसै यथार्थलाई स्थापित गर्दछ । प्रवक्ता गुरुङले विज्ञप्तिमा राप्रपा प्रजातान्त्रिकको वैचारिक धार संवैधानिक राजतन्त्र र हिन्दु राज्य भएको प्रष्ट पारेका थिए ।

  • 83
    Shares