
काठमाण्डौ –संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको शनिबार ८० वर्षको उमेरमा निधन भएको छ। उनी सन् १९९७ देखि २००७ सम्मका लागि दुई कार्यकाल राष्ट्रसंघको महासचिव बनेका थिए। घानामा जन्मिएका उनी राष्ट्रसंघकै करिअरबाट महासचिव बन्ने उनी पहिलो व्यक्ति हुन्। राष्ट्रसंघले उनको निधनको पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अन्नान मार्च २००१ मा नेपाल आएका थिए । नेपाल भ्रमणको क्रममा अन्नानले स्वर्गीय राजा वीरन्द्रसँग भेटवार्ता गरेका थिए । उक्त समयमा नेपालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र चक्र बाँस्तोला परराष्ट्रमन्त्री थिए । उनले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका थिए।
- 8Shares