You are here
Home > विचित्र संसार > सिंहदरबार वाहीर अर्धनग्न प्रदर्शन, माईतीघरमा पेटीकोट जुलुस

सिंहदरबार वाहीर अर्धनग्न प्रदर्शन, माईतीघरमा पेटीकोट जुलुस

२ भाद्र २०७५, शनिबार २०:१६

काठमाडौ –नयाँ मुलुकी ऐनको विरोधमा एक युवकले सिंहदरबार अगाडि नाङ्गै प्रदर्शन गरेको भोली पल्ट शनिबार महिलाहरुको एक समुहले माईतीघरमा पेटीकोट जुलुस निकालेका छन ।

बलात्कार गर्ने पुरुषलाई फाँसीको व्यवस्था हुनुपर्ने भन्दै उनिहरुले अर्धनग्न प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि धरपकड गरी केहि महिलाहरुलाई नियन्त्रणमा लिएको छ । उनिहरुले बलात्कारीलाई फाँसी दे भन्दै नाराजुलुस समेत गरेका थिए । प्रहरीले प्रदर्शनमा संलग्न रहेको आरोपमा चार जना महिला, एक पुरुष र एक जना तेस्रो लिङगीलाई नियन्त्रणमा लिएको छ । ¥यालीमा झण्डै ४० जनाको सहभागिता रहेको थियो । संविधानमै बलत्कारीलाई फाँसी दिलाउने व्यवस्था हुनुपर्ने महिला अधिकारकर्मीको मुख्य माग थियो ।

यस अघि शुक्रबार जितिन लिम्बुले सिहदरबार अगाडि भित्री कुनै लुगा नलगाएर प्रदर्शन गरेका थिए । ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए ।

  • 34
    Shares