You are here
Home > प्रशासन > ०७४ जेठमा घोषणा गरिएको मानपदवी १९ भदौमा वितरण गरिने

०७४ जेठमा घोषणा गरिएको मानपदवी १९ भदौमा वितरण गरिने

२ भाद्र २०७५, शनिबार २१:४१

काठमाण्डौ –गणतन्त्र दिवशका अवसरमा २०७४ जेठ १५ गते घोषणा गरिएको मानपदवी तथा अलंकार आगामी भदौ १९ गते शिलनिवासमा वितरण हुने भएको छ ।

गृहमन्त्रालय विभुषण तथा वैठक प्रवन्ध शाखाले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारि गर्दै विभुषण शुसोभन समारोहमा उपस्थित हुन भनेको छ । उपसचिव रुद्रनाथ देवकोटाद्धारा हस्तारक्षित परिपत्रमा शुसोभन समारोहमा सहभागी हुनकालागी प्रवेश पासकालागी आगामी भदौ १७ गतेसम्म गृहमन्त्रालयमा सम्पर्क गर्न भनिएको छ ।

गणतन्त्रपछि हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवशकै दिन घोषणा गरिने मानपदवी यो वर्षदेखि असोज ३ गते संविधान दिवशका दिन घोषणा गर्ने सरकारले निर्णय गरेको छ ।

  • 21
    Shares