You are here
Home > समाचार > सशस्त्र प्रहरी वलमा नयां संरचना अन्तर्गत अधिकृत तहसम्मको दरवन्दि मिलान भदौ १५ सम्म

सशस्त्र प्रहरी वलमा नयां संरचना अन्तर्गत अधिकृत तहसम्मको दरवन्दि मिलान भदौ १५ सम्म

३ भाद्र २०७५, आईतवार ११:२०

काठमाण्डौ – सशस्त्र प्रहरी वलले नयां संरचना अन्तर्गत अधिकृत तहसम्मको दरवन्दि मिलानको प्रकृया आगामी भदौ १५ गते सम्म सक्ने गरेर तयारी थालेको छ । ०७५ साउन १ गतेबाट नयां संरचनामा गएको सशस्त्रले एसएसपीदेखि एआईजीसम्म नयां संरचना अन्तर्गत दरवन्दि मिलान गरि सकेको छ । ईन्सपेक्टर, डिएसपी र एसपीसम्मको दरवन्दि मिलानकालागी एउटा टोली अहोरात्र खटिएको छ ।
०७५ जेठ २७ गते मन्त्रिपरिषदको वैठकले सशस्त्र प्रहरी वललाई नयां संरचनामा लैजान सरकारले स्विकृती दिएपछि पुरानो दरवन्दिमा व्यापक हेरफेर गरिएको छ । नयां संरचना मिलानमा लामो समयदेखि सक्रिय डिआईजी सुरज श्रेष्ठले भदौ १५ सम्म अधिकृत तहको दरवन्दि मिलान गर्ने गरि काम अगाडि बढेको जानकारी दिए । उनले अधिकृत तहको संग संगै त्यस मुनीका पदहरुको पनि दरवन्दि मिलाउने कार्य भइ रहेको जानकारी दिए । दरवन्दि मिलान सकिएपछि ७७ वटै जिल्लााहरुमा सशस्त्र प्रहरी वलको उपस्थिती रहने छ ।

सशस्त्र प्रहरी वल मुख्यालयहरुमा डिएसपीले कमाण्ड गर्दै आई रहेका शाखाहरुमा एसपीले कमाण्ड गर्ने गरि स्तरवृद्धि गरिएको छ । कार्य निर्देशनालय अन्तरगत एसएसपीको कमाण्डमा विपद व्यवस्थापन महाशाखा र केन्द्रिय परिचालन महाशाखा र मानवस्रोत निर्देशनालय अन्तरगत यू एन मिसन शाखाको पनि स्तर वृद्धि गरेर एसएसपीको कमाण्डमा यूएन मिसन महाशाखा परिणत गरि नयां संरचना अन्तरगत सञ्चालनमा आएको छ । त्यसैगरि सशस्त्र प्रहरी वलका परिचरहरुलाई एकद्धार निती अन्तरगत परिचालन गर्न सशसत्र प्रहरी परिचर गुल्मको पनि स्थापना गरिएको छ । त्यसैगरि नयां संरचना अनुसार आर्थिक प्रशासन महाशाखा, प्रवन्ध तथा भण्डारमा पनि जनशक्ति थप भएको छ ।

नयां संरचनामा मुख्यालयमा महिला सशस्त्र प्रहरी कर्मचारीहरुको छुट्टै गण तथा प्राविधकि सशस्त्र प्रहरीलाई वाहीनिसम्म पुर्याइएको छ । प्रशासन निर्देशनालय अन्तरगतको पोलीगा्रफ उपशाखालाई डिएसपीको कमाण्डमा रहने गरि पोलीगा्रफ शाखाबनाइएको छ ।

  • 2.1K
    Shares