You are here
Home > समाज > सशस्त्र प्रहरी वलले विहीबार देशव्यापी रक्तदान गर्ने

सशस्त्र प्रहरी वलले विहीबार देशव्यापी रक्तदान गर्ने

६ भाद्र २०७५, बुधबार २०:१६

काठमाण्डौ –सशस्त्र प्रहरी वल नेपालले विहीबार देशव्यापी रुपमा रक्तदानको आयोजना गर्ने भएको छ । सशस्त्र प्रहरी वल ऐन २०५८ मा लालमोहर लागेको ऐतिहासिक दिनको अवसर पारेर रक्तदानको कार्यक्रम आयोजना गरिएको हो । सशस्त्र प्रहरी वलले विहीबार हेडक्वार्टर हलचोक र वाहीनि स्तरमा पहिलो पटक रक्तदानको आयोजना गरेको जनाएको छ ।

भदौ ६ गते ऐनमा लालमोहर लागेको, कार्तिक ७ गते भगवती निशान प्राप्त गरेको तथा माघ ९ गते वलको औपचारिक रुपमा स्थापना भएको दिनलाई उत्सवका रुपमा मनाउने निर्णय अनुसार विहीबार रक्तदानको कार्यक्रम राखिएको हो । कार्तिक ७ गते सशस्त्र प्रहरी महानिरीक्षक आन्तरिक खेलकुद प्रतियोगिता र माघ ९ गते वार्षिक उत्सवको आयोजना गर्ने गरेको छ ।

  • 870
    Shares