You are here
Home > समाचार > प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्क्याउने एक जना पक्राउ

प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्क्याउने एक जना पक्राउ

८ भाद्र २०७५, शुक्रबार १५:५६

काठमाडौं-गोंगबु प्रहरी प्रभागको सिभिल प्रहरी हुँ भन्दै सर्वसाधारण धम्क्याउने व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-६ घर भइ माछापोखरी बस्दै आएका २४ वर्षीय बिज्ञान दाहाल छन्।

उनलार्इ बिहीबार स्थानीय वासिन्दाले नियन्त्रणमा लिएर प्रहरीलार्इ बुझाएको हो। दाहालले काठमाडौं महानगरपालिका-२६, नयाँ बसपार्क मित्रनगरका सर्वसाधारणलार्इ धम्क्याएका थिए ।स्थानीयले प्रहरीलार्इ बुझाएपछि थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ।

  • 26
    Shares