You are here
Home > समाज > अपडेटःमहेन्द्रनगरमा गोली लागि मृत्यु भएकाको पहिचान खुल्यो

अपडेटःमहेन्द्रनगरमा गोली लागि मृत्यु भएकाको पहिचान खुल्यो

८ भाद्र २०७५, शुक्रबार २०:४४

काठमाडौं,८ भदौ-शुक्रबार दिनभर शान्त रहेको महेन्द्रनगर बजारमा साँझ एक्कासी आन्दोलन चर्किँदा एकजना किशोरले ज्यान गुमाएका छन् ।

नगरपालिका क्षेत्रमै प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका १८ भगतपुर बस्ने १७ वर्षीय सन्नी खुनारको ज्यान गएको हो। खुनारको पेटमा गोली लागेर अस्पताल लगिएपछि ज्यान गएको हो। गोली लागि घाइते भएका चेतन भट्ट र उमेश देउवाको सेती अ१चल अस्पतालमा उपचार भईरहेको छ।

अस्पताल लगिएपछि उनको मृत्यु भएपछि शवलाई प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि लगेर राखि दिएका छन्। बिहीबार भएको प्रदर्शन हिंसात्मक हुँदा प्रहरीले चलाएको गोली लागेर ६ जना घाइते भएका थिए। त्यसपछि सरकारले कञ्चनपुरका प्रजिअ, एसपी र डीएसपीलाई फिर्ता बोलाएर उनीहरुको स्थानमा काठमाडौँबाट पठाएको थियो ।

काठमाडौँबाट प्रजिअका रुपमा तारानाथ अधिकारी र एसपीकारुपमा कुबेर कडायत पुगेलगत्तै प्रहरीको गोलीबाट किशोर मारिएका हुन् ।

  • 9
    Shares