You are here
Home > बिचार/अन्तरबार्ता > लोकतन्त्र र संविधानकै पक्षमा राप्रपा प्रजातान्त्रिक

लोकतन्त्र र संविधानकै पक्षमा राप्रपा प्रजातान्त्रिक

८ भाद्र २०७५, शुक्रबार २२:११

किरण गिरि

पार्टीमा एजेण्डा भएन भन्ने मित्रहरू यो बुझ्नु जरुरी छ। सम्बर्द्धनबादी उदारबादू नै राप्रपा प्रजातान्त्रिकको मुल एजेण्डा हो । सम्बर्द्धनबादी उदारबाद भित्रनै सबैले सबैको अस्तित्व र सम्मान को रछ्या गर्दै मजबुत राजनितिक सहयात्रामा सहभागी हुने अबसर प्राप्त हुने छ । बर्तमान नेपाल को राजनितिलाइ सन्तुलित रुपमा अगाडि बढाउनको लागि नै राप्रपा प्रजातान्त्रिकले रणनैतिक हिसाबले ूसम्बर्द्धनबादी उदारबादू को राजनितिक दर्शन लाई अगाडि बढाएको हो । निरन्तरता सहितको सकारात्मक परिवर्तन नै सम्बर्द्धनबादी उदारबादको मुल अर्थ हो । बहुलबादी लोकतन्त्र ,मानव अधिकार ,ब्यक्तिको बयक्तिक स्वातन्त्रता, आबधिक निर्बाचन र प्रेस स्वतन्त्रता को ग्यारेन्टी उदारबाद ले गर्दछ।

अमेरिका ,भारत ,फ्रान्स ,सिङापुर ,चीन,अर्जेन्टिना ,ब्राजिल लगायत बिस्वका अधिकाम्स मुलुक राजनीतिक र आर्थिक उदारबाद कै कारण आज बिकसित ,समृद्ध र शक्ति रास्ट्र बन्न सफल भएका छ्न । बिस्वब्यापी रुपमा स्थापित यो राजनितिक सिध्दान्त लाई राप्रपा प्रजातान्त्रिक ले अबलम्बन गरेको हो । राप्रपा प्रजातान्त्रिक अब सम्बर्द्धनबादी उदारबाद भन्दा तल ,माथी र दायाँ ,बायाँ गरेर अगाडि बड्न सक्दैन । यसमा  तल , माथी गर्न खोज्नु भनेको पार्टी लाई कमजोर र दिसाहिन बनाउन खोज्नु मात्र हो ।

राप्रपा प्रजातान्त्रिक कुनै एक ब्यक्ती र परिबारको भजन मण्डली हुन सक्दैन भन्ने मेरो बुझाइ र विश्लेषण हो ।अब आफू र आफ्नो सन्ततिलाइ देशको रास्ट्रपति बन्ने र बनाउने स्थापित र पटक पटक को निर्बाचन द्वारा जनअनुमोदित शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र लाई हृदय देखिनै आत्मसात गर्न सक्यौ भने नया युबा पुस्ताको आकर्षण पनि राप्रपा प्रजातान्त्रिमा हुन सक्ने देखिन्छ ।युबा र बिध्यार्थिको प्रबेश बिना पार्टी संगठन मजबुत हुन सक्दैन । राप्रपा प्रजातान्त्रिक संविधान निर्माणमा साहाभागी पार्टी को निरन्तर राजनीतिक दल हो । संविधान निर्माणमा हाम्रा साम्सदहरुको सकृय र ऐतिहासिक सहभागित रहेको छ । राप्रपा प्रजातान्त्रिक संविधान र संबैधानिक प्रक्रियासँग सहकार्य गर्ने पार्टी हो । धर्म निरिपेछ्याता बाहेक राप्रपा प्रजातान्त्रिकले नेपाल को संविधान लाई आत्मासाथ गरेको छ ।संविधान प्रती प्रतिबद्ध छ। मुलुक ,जनता र संविधान नै राप्रपा प्रजातान्त्रिक बटम लाइन र आदर्श हो । राप्रपा प्रजातान्त्रिक सत्तामा छ्दा एउटा कुरा र व्यवहार सत्ता बाहिर हुदा अर्कै कुरा र ब्यबहार गर्न जान्दैना। राप्रपा प्रजातान्त्रिक ले बिचार र सिद्धान्त मिल्ने सबै राजनीतिक दल र ब्यक्ती सङग एकता ,मेलमिलाप र सहकार्य गर्ने नीति लाई सदा खुला राखेको छ । राप्रपा प्रजातान्त्रिक ले सम्बर्द्धनबादी उदारबाद लाई सैधान्तिक रुपमा आत्मासाथ गरेको छ ।

राप्रपा प्रजातान्त्रिक संविधान सभामा संघीय लोकतान्त्रिक गणतन्त्र मा मतदान गरेको ,संविधान निर्माणमा सकारात्मक र सक्रिय भुमिका निर्बाह गरेको निरन्तर राजनीतिक दल हो । राप्रपा प्रजातान्त्रिक ले संघीय लोकतान्त्रिक गणतन्त्र लाई समर्थन गर्दै संविधान लाई आत्मसात गरेको राजनीतिक दल हो । यतिबेला पार्टी भित्र बिचार र एजेन्डा स्पष्ट गर्नु पर्‍यो भन्ने मित्रहरु ले यो बुझ्नु अत्यन्त जरुरी छ

स्पस्ट एजेन्डा सम्बर्द्धनबादी उदारबाद

राप्रपा प्रतान्त्रिकको प्रमुख एजेन्डा भनेको सम्बर्द्धनबादी उदारबाद  (conservative libralisum) हो । सबै लाई समेटेर निरन्तरता सहितको सकारात्मक परिबर्तन नै यसको बिशेसता हो । गत बैशाख २५ गते बसेको केन्द्रिय कार्य समितिको बैठकले सम्बर्द्धनबादी उदारबादको स्पष्ट सिध्दान्त नीति ,कार्यक्रम र दृष्टिकोण राजनीतिक प्रतिबेदनका रुपमा पारित गरिसकेको छ। यद्यपि पार्टी महाधिबेशनले मात्र नीति ,सिद्धान्त र दृस्ठिकोण तय गर्न सक्दछ।

राप्रपा प्रजातान्त्रिक संविधान लाई आत्मसात गरेको मुलुक र जनता प्रती जिम्मेवार एउटा रास्ट्रबादी लोकतान्त्रिक राजनीतिक दल हो ।कुनै पनि अतिवाद र उग्रबाद लाई राप्रपा प्रजातान्त्रिक ले स्वीकार गर्न सक्दैन । राप्रपा प्रजातान्त्रिक संविधान निर्माणमा साहाभागी पार्टी को निरन्तर राजनीतिक दल हो । संविधान निर्माणमा हाम्रा साम्सदहरुको सकृय र ऐतिहासिक सहभागित रहेको छ । राप्रपा प्रजातान्त्रिक संविधान र संबैधानिक प्रक्रियासँग सहकार्य गर्ने पार्टी हो । धर्म निरिपेछ्याता बाहेक राप्रपा प्रजातान्त्रिकले नेपाल को संविधान लाई आत्मासाथ गरेको छ ।संविधान प्रती प्रतिबद्ध छ। मुलुक ,जनता र संविधान नै राप्रपा प्रजातान्त्रिक बटम लाइन र आदर्श हो । राप्रपा प्रजातान्त्रिक सत्तामा छ्दा एउटा कुरा र व्यवहार सत्ता बाहिर हुदा अर्कै कुरा र ब्यबहार गर्न जान्दैना। राप्रपा प्रजातान्त्रिक ले बिचार र सिद्धान्त मिल्ने सबै राजनीतिक दल र ब्यक्ती सङग एकता ,मेलमिलाप र सहकार्य गर्ने नीति लाई सदा खुला राखेको छ ।तर त्यसरी एकता गर्दा परिवर्तन लाई आत्मसात गरेको र संविधान प्रती प्रतिबध्द राजनीतिक दल सङगको एकतामात्र सहज र अनुकुल हुने देखिन्छ ।
राप्रपा प्रजातान्त्रिक ले सम्बर्द्धनबादी उदारबाद लाई सैधान्तिक रुपमा आत्मासाथ गरेको छ । राप्रपा प्रजातान्त्रिक संविधान र संबैधानिक प्रक्रिया लाइ आत्मसात गर्दै नेपाली जनताको जनमत द्वारा आफ्ना सिधाान्त ,मान्यता र दृष्टिकोणलाई स्थापित गराउने पार्टी हो । राप्रपा प्रजातान्त्रिकले परिवर्तन ,अग्रगमन र जनताको चाहना लाइ आत्मसात गर्दै आएको छ र सदा गरि नै रहने छ ।

मुलुकको बर्तमान अबस्था र राप्रपा प्रजातान्त्रिक

संविधान र निर्बाचन पछिको मुलुकको अबस्था नियाल्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र बर्तमान नेपालको भुधरातलिय यथार्थता हो ।नेपालको संविधान(२०७२ र यहि यथार्थता लाई आत्मासाथ गर्दै अगाडी बढनु बाहेक राप्रपा प्रजातान्त्रिक सङग अर्को बिकल्प छैन ।यो पार्टी नेपालको संविधान र राजनितिक दल दर्ता येन २०७४ बमोजिम सर्बोच्च अदालत को अन्तरिम आदेश बमोजिम केन्द्रीय सदस्य हरुको सस्थागत बलमा निर्वाचन आयोग द्वारा दर्ता गरियेको राजनितिक दल हो ।

राप्रपा प्रजातान्त्रिकले आफ्नो बिचार ,सिद्धान्त र एजेन्डा त्यति बेला नै तय गरि संविधान सम्मत रुपमा निर्बाचन आयोगमा स्वीकृत गराइसकेको तत्थ्य सबै नेता कार्यकर्ताहरु लाई अबगत नै छ । पार्टी दर्ता सम्बन्धी अन्तिम फैसला सर्बोच्च अदालत बाट आइसकेको छैन । येतिबेला बिचार स्पष्टताको नाममा पार्टी भित्र गणतन्त्र खक राजतन्त्र को बहस चल्नु अब आत्माघाती र अस्वाभाविक देखिन्छ । एकता महाधिबेसन पछि निर्बाचन आयोग ले नेपालको संविधान बमोजिम राप्रपाको बिधान बाट समेत ूराजसस्था र हिन्दु रास्ट्रू हटाएर मात्र दल दर्ता गरेको दृस्टन्त हाम्रो सामु आज सम्म सप्रमाण छ।

आयोग सङ्ग बुझ्दा यो निर्णय नेपालको संविधान २०७२ अनुसार अब सबै दलको लागि समान र अनिबार्य रुपमा लागू हुने छ । येस्तो परिस्थितिमा राप्रपा प्रजातान्त्रिकका सबै तहका नेता र कार्यकर्ताहरुले लेख्ने बोल्ने स्वतन्त्रताको अधिकतम सदुपयोग गरेता पनि सविधान र गणतन्त्र लाई आत्मासाथ गरेर अगाडी बढनु को कुनै बिकल्प देखिदैन । तथापि सम्बर्द्धनबादी उदारबाद लाई राप्रपा प्रजातान्त्रिक ले अबलम्बन गरेको छ । निरन्तरता सहितको सकारात्मक परिवर्तन लाई आफ्नो लछ्य र उध्यस्य बनाएको छ । मुलुकको राजनिती लाई सन्तुलित रुपमा अगाडि बढाउन राप्रपा प्रजातान्त्रिक सदा दृढ र प्रतिबद्ध रहने छ ।यो भन्दा तल ,माथी र दायाँ ,बायाँ गर्ने ठाउँ राप्रपा प्रजातान्त्रिक सङ्ग छैन । बाकीकुरा पार्टीको आगामी महाधिवेशन बाट संविधान सम्मत रुपमा तय हुने नै छ ।महाधिवेशन बाहेक अरु निकायले पार्टी को नीति ,नेतृत्व ,बिचार ,सिध्दान्त र एजेन्डा तय गर्न सक्दैन ।

रास्टृय राजनीमा राप्रपा प्रजातान्त्रिक

राप्रपा प्रजातान्त्रिक मुलुकको राजनीतिक स्थिरता , दिगो शान्ती र समृद्धि का लागि नेपाली काङ्ग्रेस लगायतका राजनीतिक दलहरु सङग सहमती ,सहकार्य र हातेमालो गरेर अगाडि बढ्न प्रयत्नशिल रहने छ।गत आमनिर्वाचनमा नेपाली काङ्ग्रेस सङग चुनाबी तालमेल गरेर त्यो अभ्यासको थालनी राप्रपा प्रजातान्त्रिक गरिसकेको छ । बर्तमान सरकारलाई राप्रपा प्रजातान्त्रिकले गुण वा दोष का आधारमा समर्थन र बिरोधको नीति अबलम्बन गरेको छ । सरकारले संबैधानिक र सम्सदिय हैसियत अनुसार पाँच बर्स निर्बाद रुपमा काम गर्न पाउनु पर्दछ भन्ने राप्रपा प्रजातान्त्रिक को मान्यता रहेको छ ।

(यो लेखकको निजि बिचार हो । लेखक तथा पत्रकार  गिरि राप्रपा प्रजातान्त्रिकका सह प्रबक्ता हुन )

  • 12
    Shares