You are here
Home > राजनीति > द्वन्द्वरत समूहसँग वार्ता गर्न सरकारी टोली गठन

द्वन्द्वरत समूहसँग वार्ता गर्न सरकारी टोली गठन

९ भाद्र २०७५, शनिबार ०८:५८

काठमाडौं-सरकारले द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन छ । शुक्रवार राती बसेको मन्त्रीपरिषद बैठकले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीमा सुरेश आले मगर, तारानाथ चौधरी, लीला भण्डारी र गृह मन्त्रालयले तोकेको एकजना सहसचिव रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । राजनीतिक सहमतिबाट संविधानमा छुटेका विषयलाई वार्ताबाट समाधान खोज्न सरकारले समिति गठन गरेको हो ।

समितिले यसअघि विभिन्न समूहसँग भएको सहमति कार्यन्वन भएको नभएको प्रतिविदेन तयार पार्ने र ती समूहसँग वार्ता गर्ने जिम्मेवारी पाएको छ । नवगठित वार्ता टोलीले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेकपा समुहसँग वार्ताको प्रयास गर्नेछ।

  • 14
    Shares