You are here
Home > अर्थ/बजार > सशस्त्र प्रहरीद्धारा एघार लाख बढीको अवैध मरिच बरामद

सशस्त्र प्रहरीद्धारा एघार लाख बढीको अवैध मरिच बरामद

९ भाद्र २०७५, शनिबार ११:३६

काठमाण्डौ –सशस्त्र प्रहरी वल विओपी सिम्रौनगढ बाराले अवैध रुपमा भारत तर्फ लादै गरेको एक ट्याक्टर सेतो मरिच नानसाग्रा घाटबाट बरामद गरेको छ ।

सशस्त्र प्रहरीको सिम्रौनगढले बिना नम्बरको ट्रयाक्टरमा लोड गरी भारत लग्दै गरेको अवस्थामा २३ क्विन्टल अबैध मरिच सशस्त्र प्रहरि हवल्दार श्रि बहादुर रोक्काको टोलिले बरामद गरेको हो । सशस्त्र प्रहरी सिम्रौनगढको गस्ती टोलीलाई देखेपछी तस्करहरुले भारत तर्फ लादै गरेको मरिचको ट्रयाक्टरलाई छाडेर चालक र तस्करहरु भागेको सशस्त्र प्रहरी वल २ नम्वर वाहीनिका वाहीनिपति डिआईजी कविन्द्रमान श्रेष्ठले जानकारी दिए । बरामदद गरिएको मरिच र ट्याक्टर आबश्यक प्रकृया पुरा गरि भन्सार कार्यालयमा बुझाइएको छ ।

  • 72
    Shares