You are here
Home > समाचार > सशस्त्र प्रहरी वलका पुर्व एआईजी राजा फर्काउ अभियानमा, सनकमा कि साच्चिकै ?

सशस्त्र प्रहरी वलका पुर्व एआईजी राजा फर्काउ अभियानमा, सनकमा कि साच्चिकै ?

९ भाद्र २०७५, शनिबार १२:२९

काठमाण्डौ- सशस्त्र प्रहरी वलका पुर्व एआईजी सुवोध अधिकारी पछिल्लो समयमा राजा फर्काउ अभियानमा लागेका छन । उनले समाजिक संञ्जाल फेसबुक पेज मार्फत राजा फर्काउ अभियानमा लागेको जनाउ दिएका हुन । समाजिक सञ्जालमा उनले शेयर गरेको पुर्व राजा ज्ञानेन्द्र समेत भएको एउटा तस्विरमा तीन करोड नेपालीको चाहाना राजतन्त्र पुर्नस्थापना, सहमत हुनेले शेयर गरौ भन्ने तस्विर शेयर गरेर आफ्नो अभियानको जनाउ दिएका हुन । तत्कालिन शेरबहादुर देउवा सरकारका बेला २०७४ माघ १५ गते एआईजीमा बढुवा भए लगत्तै सोहि सरकारले उनी सहित पांच जनालाई फांजिलमा राखेको थियो । अधिकारीले ०७५ असार २३ गते सो पदबाट राजिनामा दिएका थिए ।

एआईजीको पदबाट राजिनामा दिए लगत्तै समाजिक सञ्जालमा उनि राजनितिक दल र तिनका नेतृत्वप्रति आक्रमक बन्दै गई रहेका छन । राजनितिक दलहरुको बिचमा परेर एआईजीको पद गुमाउनुको पिडामा हो वा सांच्चै राजा फकाउने अभियानमा हुन निश्चित भएको छैन । मूलधार न्यजुले उनलाई पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

राजिनामापछि समाजिक सञ्जालमा उनले द्धन्द्धकालमा संगठन भित्र बसेर देश र जनताकालागी खुकुरीका धारमा बसेर काम गरेको भएपनि अहिले आएर सरकारले अपमान हुने गरि राजिनामा दिन बाध्य पारेको आशय सहितको स्टाटस लेखेका थिए ।

उनले लेखेका थिए हलचोक भित्र रहेको शहिद स्मृति वाटिकामा मलिन सुकी सकेका फूलका गुच्छा,थोरै अविर र अरूले नदेख्ने गरी खसेका आंसुका थोपा सँगै मेरा सहृदयी मनहरूको मनले सम्झीने दिन असार २३ । यो कुनै दिवस होईन मेरा अनाथ हरूको लागी नियतिले बनाएको बिवस दिन ।  …. मैले देखेको शहिद कथा बाट साभार । प्रसंग कोहलपुर नेपालगंज सडक खण्ड हवल्दारपुर एम्वुस आजैको दिन ।
नियतिले आज अर्कै रूप धारण गर्दै छ । म छु तर त्यो हलचोक म वाट टाडा गैसकेको छ । राज्यका लागि पटक पटक मरेका दिनहरू अव आफैले विर्सने पर्ने वाध्यताको दर्शन पढ्नु छ । नीति र नियतिको व्याख्या फरक फरक होला । चोट त खुकुरीमा पनि पर्छ नत्र किन अरचाप्न र उदाउन पर्ला ।

त्यसपछि उनले लेखेको आर्को स्टाटस यस्तो थियो ओहो१! हद भो ! कतै कतै हर्ष वढाई भा छ रे ! गाऊँमा चलन काट्टो खादा मानो घिउ, आउने वर्षालाई वनाईयो जिऊ ।
त्यसपछि नेपाली कांग्रेसलाई ईगिंत गर्दै उनले लेखेका छन सुशासन र कर हुन त विश्वप्रकाश बोले पछि कांग्रेस नै वोलेको मान्नु पर्ने होला । कांग्रेस सरकारमा हुदा सुशासनको मापन गर्ने यन्त्र के थियो ? रामकथा ! विरोध कर को हो कि कर्कको ? हिड्दै छ पाईला मेट्दै छ उखानको चरितार्थ । नुनको स्वाद पसिनामा हुन्छ, नवुझ्ने अनि अरूको शरीरमा जुम्रो देख्ने । बोल्नेको पीठों विक्ने दिन गयो, हाट वजारको नियम वुझ्ने कोसिश गर्न अनुरोध गरे ।

(फाईल तस्विर २०७४ माघ १६ गते सशस्त्र प्रहरी वल मुख्यालय हलचोकमा एआईजीको फूली लगाउदै अधिकारी बिचमा)

  • 69
    Shares