You are here
Home > समाचार > प्रहरीको गोली लागेर मृत्यु भएका युवालाई शहिद घोषणा गर्न लेखराज भट्टको माग (विज्ञप्तिसहित)

प्रहरीको गोली लागेर मृत्यु भएका युवालाई शहिद घोषणा गर्न लेखराज भट्टको माग (विज्ञप्तिसहित)

९ भाद्र २०७५, शनिबार १२:४५

कैलाली-नेपाल कम्युनिष्ट पाटी (नेकपा) का नेता लेखराज भट्टले कञ्चनपुरमा गोली लागि मृतक भएका युवकलाई शहीद घोषणा गर्न माग गरेका छन् । कैलालीबाट प्रतिनिधि सभाका लागि निर्वाचित सांसद समेत रहेका भट्टले प्रहरीको गोली लागी मृत्यु भएका युवालाई शहिद घोषणा गर्न माग गरेका हुन्।

कञ्चनपुरको भीमदत्तनगरमा शुक्रवार भएको प्रदर्शनमा प्रहरीको गोली लागि एक १७ वर्षीय युवकको हत्या भएको थियो। गोली चलेलगत्तै अध्यक्ष प्रचण्डसँग जनप्रतिनिधि सहित भेट गरेका भट्टले लगत्तै विज्ञप्ती जारी गर्दै मृतक परिवारलाई क्षतिपूर्ति र मृतकलाई राष्ट्रिय शहीद घोषणा गर्न माग गरेका हुन।

  • 27
    Shares