You are here
Home > प्रशासन > कोषराज वन्तको निवासमा पुष्पराम र युवराजको जमघट, केसिले ल्याडमार्क होटलमा कसलाई भेटे ?

कोषराज वन्तको निवासमा पुष्पराम र युवराजको जमघट, केसिले ल्याडमार्क होटलमा कसलाई भेटे ?

९ भाद्र २०७५, शनिबार १४:१५

काठमाण्डौ- स्थापनाको छोटो समयमै फुट्दै जुट्दै गई रहेको सशस्त्र प्रहरी वलमा फेरि एक पटक पुर्व आईजीपी कोषराज वन्तको पर्दा भित्रबाट नाटकिय ढंगबाट उदय भएको छ । शैलेन्द्र खनाल आईजीपीमा नियुक्त भएपछि तंगिरिदै गरेको सशस्त्रमा फुट ल्याउन वन्तले आफु निकटका केहि अधिकृतहरुलाई निवासमै बोलाएर गुटवन्दि शुरु गरेका हुन । सशस्त्र प्रहरी वलका औपचारिक कार्यक्रमहरुमा समेत उपस्थित हुन डराउने वन्तले राजधानीको सामाखुशी स्थित निवासमा केहि अधिकृतहरुलाई बोलाएर ब्रिफिगं लिन थालेका छन । उनलाई हेडक्वार्टरका बारेमा ब्रिफिगं दिन कार्य तथा सिमा सुरक्षा विभागका एआईजी पुष्पराम केसि, सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी रामशरण पौडेल तथा डिएसपीद्धय युवराज अर्याल र होम ज्ञवाली पुग्ने गरेको सशस्त्र प्रहरी वल स्रोतले मूलधार न्युजलाई जानकारी दियो ।
उनले सशस्त्र प्रहरी वल भित्रका सुक्ष्म सुचना समेत संकलन गरेर वन्तसम्म पुर्याउने र ति सुचनाहरुलाई वन्तकै सल्लाहमा सिंगो सशस्त्र प्रहरी वलको बदनाम हुने गरि वाहिर ल्याउने गरिएको छ ।


सशस्त्र प्रहरी कर्मचारीहरुले सशस्त्र प्रहरी वलको अहित हुने गरि वलकै वहाल तथा पुर्व जिम्मेवार अधिकृतहरु लागि परेको भन्दै आईजी शैलेन्द्र खनाललाई भेटेर कार्वाहीको माग गरेका छन । उनिहरुले अत्यन्त गोप्यढंगले डा्फ्ट भई रहेको सशस्त्र प्रहरी ऐन समेत पुरा नहुदै वन्त निवासमा पुर्याएको, संगठनका गोप्य सुचनाहरु भारतिय दुतावाससम्म पुर्याएको तथा हेडक्वार्टरमा काम नगरि गुट उपगुट बनाएर बस्ने गरेका कर्मचारीहरुलाई कार्वाहीको माग गरेका छन । उनिहरुले डिएसपी युवराज अर्यालले संगठनको हित विपरित काम गरेको भन्दै तत्काल विभागिय कार्वाही गर्न पनि आईजी खनाललाई सुजmाएका छन । अर्याल वलको कानुन निर्देशनालयलाई शाखामा जmारेपछि आईजीका विरुद्ध गुटवन्दि गर्दै हिडि रहेका छन ।

यसैबिच सशस्त्र प्रहरी वलका आईजी शैलेन्द्र खनाल भारत जानु अघि एआईजी पुष्पराम केसिले दरबारमार्गको एक होटलमा नेपाल स्थित भारतिय दुतावासका अधिकारीलाई भेटेर गोप्य सुचना उपलब्ध गराएको उजुरी हलचोकमा परेको छ । स्रोतका अनुसार उजुरीमा नेपाल स्थित भारतिय दुतावासका श्रीवास्तव थरका कर्मचारीलाई एआईजी केसिले दरबारमार्गको ल्याण्डमार्क होटलमा भेटेर गोप्य सुचना उपलब्ध गराएको भन्दै आवश्यक छानबिनको माग गरिएको छ । उजुरीमा पुर्व आईजी कोषराज वन्तको निर्देशनमा केसिले गोप्य सुचना उपलब्ध गराएको दाबी गरिएको छ ।

  • 78
    Shares