You are here
Home > बिचार/अन्तरबार्ता > निर्मला हत्याकाण्ड सुल्झाउन न्यायाधीशका चौंध टिप्स

निर्मला हत्याकाण्ड सुल्झाउन न्यायाधीशका चौंध टिप्स

९ भाद्र २०७५, शनिबार १६:४२

कञ्चनपुर-कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा देशभर प्रदर्शन भईरहेको छ। हत्या प्रकरणका सम्वन्धमा ललितपुर जिल्ला अदालतका न्यायाधीश धनसिंह महराले हत्या सुल्झाउन टिप्स दिएका छन्। महरा घटना भएको वडाका स्थानीयबासिन्दा समेत हुन्। उनी हाल कैलाली जिल्ला अदालतमा न्यायाधीशका रुपमा कार्यरत छन्। न्यायाधीश महराले बविता र रोशनीको फोन कल समेतका सम्वन्धमा विश्लेषण गरिनुपर्ने बताएका छन्। उनले हत्या काण्ड सुझाउनका लागि दिएका टिप्स यस्ता छन्।

१)लास भेट्टाएको ठाऊँमा पाइएका किताब साईकल रअम्बाका दानाहरू छरिएर रहेका थिए वा मिलाएर राखेको थियो? ति सामान नजदिँकै थिए वा टाढा टाढा थिए?छरिएका थिए भने त्यहि पनि लछार पछार हुन सक्छ।मिलाएर राखेको भए टाढाबाट लास ल्याएर राखेको हुनसक्छ।

२) निर्मलाको लास भेट्टिएको ठाउँबाट बबिता बम बस्ने गरेको घरको दूरी कति छ? बाटोमा अरू घर पर्छन पर्दैनन्?

३) यदि निर्मलाको हत्या त्यो बबिताको घरमा भएको हो भने त्यहाँबाट लास साईकल र किताब कापि बोकेर ऊखूबारीसम्म लग्न सक्ने अबस्था छ छैन? कति बेला सम्भव छ? नाग्गै लास सडकै सडकबाट लग्न सकिन्छ सकिदैन।बलत्कार ऊखूबारीमै भएको भए हिलोमाटो कति लागेको छ। भित्री लुगा कुन ठाउँमा कति टाढा कस्तो अवस्थामा भेटिए?

४)ऊखुबारी लास रहेको ठाउँ र साईकल समेत भेट्टाएको ठाउँ कति टाढा छ।साईकल भएको ठाउँबाट लास रहेको ऊखुबारी सम्म सजिलै देखिन्छ कि देखिदैन।त्यो ठाउँमा बलात्कार भएको हो भने हल्ला खल्ला भएको सुनिने र सडकबाटै मानिसले देख्न सक्छ सकिदैन।

५)समाचार मा आए जस्तो कापी किताब पानीले भिजेको थिएन भने अपराध घर भित्र भएको र पछि मात्रै लास त्यहाँ लगेको बुझिने हुँदा त्यस्तो सम्भाबित घर पत्ता लगाउने।

६)मृतकको लास मूल सार्बजनिक बाटो नजदिकै भेट्टिएको हो भने त्यो बाटोमा ऊक्त दिन मृतकलाई आवत जावत गरेको कसैले देखेको रहेछ भने त्यसको गोप्य रुपमा जानकारी गराउने भनि सार्वजनिक सूचना जारी गर्ने सकिने भए पुरस्कार को पनि ब्यबस्था मिलाउने।

७) मृतक त्यो बबिताको घरमा कहिले देखि जाने गरेको हो? स्वभाविक भेटधाट थियो वा कसै अन्यलाई भेटन जाने गरेको थियो।

८) साईकलको चैन बिग्रिएको कुरा पनि आयो।साईकलको चैन बिग्रिएको भए मृतकको हातमा कालोमोसो लागेको हुनुपर्ने हो त्यो ख्याल गरियो? गरिएन ?

९)बबिता र रोशनीका कल डिटेल लोकेशन समेतको बिश्लेषण गरिनुपर्ने।

१०) हाल पक्राउ परेका बिष्ट शारीरिक रुपमा के कति सक्षम छन् सबै स्थिति केलाउनुपर्ने ।

११)संकास्पद हरेकको बयान गराउँदा वारदातका दिनको प्रत्येक घण्टाको विवरण मागी लेख सिद्ध गरि त्यसको पुष्ट्याई अन्य ब्यक्ति
बाट गराउने।

१२) अनुसन्धान गर्ने ब्यक्तिलाई सल्लाह सुझाव शंका गरिएका ब्यक्ति को बिबरण दिने प्रगतिको सूचना माग्ने तर हूलदंगा तोडफोड नगर्ने।कसैको घर तोडफोड गरि नोक्सान गरिए त्यसको क्षतिपूर्ति दिनुपर्ने र आफू जेल जाने स्थिति पनि आउन सक्छ।

१३) निर्दोस मान्छे को घर तोडफोड गरिए के त्यो न्याय हुन सक्ला??

१४) साथीहरू यो सहि र आवश्यक हो भन्ने लाग्यो भने सम्वन्धित कहाँ पूग्ने गरि शेयर गरि मृतकको आत्माको चिरशान्तिको कामना गरौ!!!

  • 1.7K
    Shares