You are here
Home > समाचार > शंकाको घेरामा रहेका कसैलाई नछाड्न प्रधानमन्त्रीको निर्देशन

शंकाको घेरामा रहेका कसैलाई नछाड्न प्रधानमन्त्रीको निर्देशन

९ भाद्र २०७५, शनिबार १६:५७

काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिएका छन्।

शनिबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले कसैको नाम नलिई शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्रीलाई निर्देशन दिए।

प्रहरीले निर्मालाको हत्यामा संलग्न भएको आरोपमा ४१ वर्षीय दिलिपसिंह बिष्ट, निर्मलाकी साथी रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरिसकेको छ।

निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरा समेत शंकाको घेरामा छन्। स्थानीयले प्रहरीले विशिष्टका छोरालाई घटनाबाट जोगाउन मानसिक सन्तुलन ठिक नभएका दिलिपसिंहलाई दोषी देखाएको आरोप लगाएका छन्।

त्यस्तै नेकपाले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सचिवालय बैठकले यस्तो माग गरेको हो।

  • 22
    Shares