You are here
Home > समाचार > एसपी विष्टलाई निलम्बन गर्न गृह मन्त्रालयको निर्देशन, डिएसपी र इन्स्पेक्टर मुख्यालय तानिए

एसपी विष्टलाई निलम्बन गर्न गृह मन्त्रालयको निर्देशन, डिएसपी र इन्स्पेक्टर मुख्यालय तानिए

९ भाद्र २०७५, शनिबार १८:१७

काठमाडौं-गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ। त्यसका साथै डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर तानिएको छ।

छानविनमा लापरबाही गरेको भन्दै एसपी विष्टलाई निलम्बन गर्दै अन्यलाई प्रहरी मुख्यालयमा तानिएको हो। विष्टलाई यस अघि कञ्चनपुरको प्रहरी प्रमुखबाट हटाइएको थियो।

शनिबार गृह मन्त्रालयमा भएको बैठकमा मन्त्री रामबहादुर थापा बादलले अनुसन्धान प्रक्रिया पुरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका हुन् ।

१३ बर्षीय छात्रा निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा कार्यरत थिए। आन्दोलन चर्किएपछि गृह मन्त्रालयले विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेको छ। तर, नयाँ नेतृत्व पुगेकै दिन एक बालकको प्रहरीको गोलीबाट मृत्यु भएको छ।

  • 30
    Shares