You are here
Home > समाचार > बलात्कारपछि हत्या प्रकरणः प्रहरीले प्रारम्भिक चरणबाट अनुसन्धान थाल्यो

बलात्कारपछि हत्या प्रकरणः प्रहरीले प्रारम्भिक चरणबाट अनुसन्धान थाल्यो

९ भाद्र २०७५, शनिबार १९:०५

कञ्चनपुर-१३ वर्षीया किशोरीका बलात्कारपछि हत्या भएको घटना सम्वन्धमा कञ्चनपुर प्रहरीले प्रारम्भिक चरणबाट अनुसन्धान सुरु थालेको छ। घटना भएका दिन किशोरी पढ्न गएको घरका बम दिदीबहिनी रोशनी र बबितालाई नियन्त्रणमा लिएर घटनाका सुरुबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी केदार कडायतले जानकारी दिए।

‘हामीले घटनाका नयाँ चरणबाट अनुसन्धान सुरु गरिसकेका छौं,’ शनिबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय बैठकमा एसपी कडायतले भने, ‘पीडित परिवार र स्थानीयले शंका गरिएका बम दिदी बहिनीलाई नयाँ कानुनी प्रक्रिया अनुसार अदालतबाट स्वीकृत लिएर पक्राउ गरिसकेका छौं।’

एसपी कडायतले प्रहरीले सबैलाई विश्वस्त हुने गरि अनुसन्धान गर्ने र त्यसमा सरोकारवाला सबै, स्थानीय र पीडित परिवारले सहयोगसँगै सहज वातावरण निर्माणमा सहकार्य गर्नुपर्ने बताए। ‘हामीले घटनास्थलसम्म पुग्ने वातावरण बनाइदिनुपर्‍यो, निर्धक्क भएर अनुसन्धान गर्न सक्नुपर्‍यो’ उनले भने, ‘स्थानीय र पीडित परिवारले सूचना दिएर सहयोग गर्न आग्रह गर्छु।’

  • 10
    Shares