You are here
Home > अर्थ/बजार > भीमदत्त नपाबाट खुनाका परिवारलाई तीन लाख सहयोग

भीमदत्त नपाबाट खुनाका परिवारलाई तीन लाख सहयोग

९ भाद्र २०७५, शनिबार १९:१९

महेन्द्रनगर-भीमदत्त नगरपालिकाले निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका शनि खुनाका परिवारलाई तीन लाख सहयोग गर्ने घोषणा गरेको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शनिबार महाकाली अञ्चल अस्पताल पुगेर खुनालाई सहयोग रकम घोषणा गरेका हुन् । अस्पतालमा नगर प्रमुख विष्टले खुनाका परिवारप्रति समवेदना व्यक्त गर्दै नगरपालिका कार्यालयबाट हुने सबै सहयोग गरिने प्रतिवद्धता जनाए ।

नगर प्रमुख विष्टले खुनाका परिवारलाई थप सहयोगका लागि संघीय र केन्द्र सरकारसंग समेत पहल गरिने प्रतिवद्धता जनाए ।
‘यो अत्यन्तै दुःखदायी घट्ना भएको छ, यसले नगरपालिका कार्यालय अत्यन्तै दुःखी भएको छ, यस घडीमा दिवंगत शनिको आत्माले शान्ति पाओस, शोक सन्तप्त परिवाजनमा समवेदना व्यक्त गर्दछु’ नगर प्रमुख विष्टले भने,‘थप सहयोगका लागि केन्द्र र प्रदेश सरकारसित पहल गर्छु ।’

शुक्रबार गोली लागेर ज्यान गुमाएका १४ वर्षिय खुनाका बुवा बिरु खुना नगरपालिकाका कार्यरत छन् । उनी नगरपालिकाका स्थायी कर्मचारी हुन् ।

शुक्रबार प्रशासन कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा खुनाको ज्यान गएको थियो ।
गत साउन ११ गते भगतपुरस्थित साथीको घरमा होमवर्क गर्न आएकी १३ वर्षिया पन्तको शव उखुबारीमा भेटिएको थियो ।

  • 6
    Shares