
काठमाडौं-भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाको लागि एडभान्स टोली नेपाल आईपुगेको छ। विमष्टेक सम्मेलनमा सहभागी हुन आउने भएपछि शनिवार एडभान्स टोली नेपाल आएको हो।
उनीसहित विमष्टेक राष्ट्रका राष्ट्र प्रमुखहरुको सुरक्षा नेपालले गर्ने भएपनि मोदीको सुरक्षा भने भारतिय सेनाले नै गर्ने जनाइएको छ।
भारतिय प्रधानमन्त्री मोदी नेपाल आउँदा प्रयोग गर्नको लागि भारतिय वायुसेनाको विमानबाट शनिवार दिउँसो ३ वटा गाडीसहित १३ जनाको टोली नेपाल पुगेको हो। बिमस्टेकको सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको हो।
- 27Shares