You are here
Home > समाचार > रौतहटको लालबकैया नदीमा डुंगा पल्टियो, २५ वेपत्ता

रौतहटको लालबकैया नदीमा डुंगा पल्टियो, २५ वेपत्ता

९ भाद्र २०७५, शनिबार २१:०७

रौतहट – रौतहटको गौर नगरपालिका ४ लालबकैया नदीमा डुंगा पल्टिएको छ। डुंगामा सवार ४० जनामध्ये २५ जना वेपत्ता भएका छन् भने १५ जना सम्पर्कमा आएका छन्।

वेपत्ताको खोजी तीव्र भइरहेको छ। सम्पर्कमा आउनेमा डुंगा चालक इस्नाथ नगरपालिका बन्जाराहाका पप्पु सिंह, गौर ४ का २३ वर्षीय विजय चन्द्रवंशी, ५० वर्षीया सीतादेवी सहनी, ३४ वर्षीया सीमादेवी सहनी र ५२ वर्षीया सीतापति देवी सहनीसहित १५ जना रहेका छन्।

उनीहरू खोला तैरिएर सकुशल प्रहरी सम्पर्कमा आएको रौतहटका प्रहरी प्रमुख केदार ढकालले जानकारी दिए। शसस्त्रको टोलीले गौर ४ का जयप्रकाश गिरी, सुखियादेवी सहनी, शिरिभगवान यादव, महेन्द्र सहनी, विश्वनाथ साह, अंगद कश्वान, सन्तोष दास, गजेन्द्र सहनीलाई उद्दार गरेको छ। उद्धारको लागि सुरक्षाकर्मी, स्थानीय पौडीबाज, विपद व्यवस्थापनसँग सम्बन्धि संस्थाका स्वयं सेवक परिचालन गरिएको छ।

शनिबार साँझ भएको यो घटनाको उद्धार तथा खोजीकार्यका लागि पौडिबाजसहितको प्रहरी टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केदार ढकालका अनुसार बेपत्ताको खोजीलाई तिब्रता दिइएको छ।

तर, रात परेकाले खोजी र उद्धारमा कठिनाइ भएको छ। मोटरसाइकलको लाइट र टच बालेर खोजीलाई तिब्रता दिएको एसपी ढकालको भनाइ छ। डुंगा दुर्घटना लगत्तै सिडिओलगायत सुरक्षा निकायका प्रमुख घटनास्थलमा पुगेका छन्।

  • 11
    Shares