You are here
Home > तस्विर > जनै पूर्णिमामा विभिन्न ठाउँमा देखिएका फोटाहरु

जनै पूर्णिमामा विभिन्न ठाउँमा देखिएका फोटाहरु

१० भाद्र २०७५, आईतवार ११:५०

काठमाडौं,१० भदौ-श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ। प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ।

यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।
शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ ।

तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ ।

यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ।

तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदाय भने यस पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउँछन् ।

जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ।

हिन्दु धर्मालम्वीहरुको विषेश चाड जनैपुर्णीमाको अवसरमा काठमाडौंको नागपोखरीमा वाहुनवाट जनै डोरी लगाउदै एक युवती युवती।
हिन्दु धर्मालम्वीहरुको विषेश चाड जनैपुर्णीमाको अवसरमा काठमाडौंको नागपोखरीमा जनै डोरी लगाउदै ।
हिन्दु धर्मालम्वीहरुको विषेश चाढ जनैपुर्णीमाको अवसरमा काठमाडौंको नागपोखरीमा वाहुनवाट जनै डोरी लगाउदै एक युवती ।
जनैपूर्णिमाका दिन आइतबाट ब्राम्हणको हातबाट हातमा जनै लगाउदै मध्यपुरथिमि नगदेशका स्थानीय ।
जनैपूर्णिमाको अवसरमा पोखराको बिरौटास्थित राममन्दिरमा बिधिपूर्वक रजैमन्त्रण गरिदैँ।
पोखराको फेवाताल किनारास्थित केदारेश्वर मन्दिरमा रक्षाबन्धन ग्रहण गर्दै सर्वसाधारण ।
जनैपूर्णिमाका दिन आइतबाट ब्राम्हणको हातबाट हातमा जनै लगाउदै मध्यपुरथिमि नगदेशका स्थानीय ।
जनैपूर्णिमाका दिन मध्यपुर थिमि नगदेशमा रहेको ऐतिहासिकस्थल बिसन्तकीमा पूजाअर्चना गर्न लामबद्ध स्थानीय भक्तजनहरु ।
जनैपूर्णिमाका दिन मध्यपुर थिमि नगदेशमा रहेको ऐतिहासिकस्थल बिसन्तकीमा पूजाअर्चना गर्न लामबद्ध स्थानीय भक्तजनहरु।

 

  • 5
    Shares