You are here
Home > समाचार > चितुवाको छाला जस्तो देखिने बस्तुसहित पक्राउ

चितुवाको छाला जस्तो देखिने बस्तुसहित पक्राउ

१० भाद्र २०७५, आईतवार १४:०२

काठमाडौं-चितुवाको छाता जस्तो देखिने बस्तुसहित दुई जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१७ ढल्कुबाट म्याग्दी रुग्मा गाविसका ३१ बर्षीय छमप्रकाश रोक्का र सोही ठाउँ बस्ने १८ वर्षीय गिरीप्रकाश रोक्कालाई १ थान चितुवाको छाला जस्तो देखिने बस्तु सहित शनिबार प्रहरीले पक्राउ गरेको हो।

उक्त ठाउँमा चितुवाको छाला बिक्रि-वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जाँच गर्दा गिरीप्रकाश झोलामा उक्त वस्तु फेला पारको थियो। छमप्रकाश र गिरीप्रकाशलाई थप कारवाही लागि वन कार्यालय हात्तिसार पठाइएको छ।

  • 1
    Share