You are here
Home > समाचार > रेडियो ‘अपरेटर ग्रेड टु’ तालिम सम्पन्न

रेडियो ‘अपरेटर ग्रेड टु’ तालिम सम्पन्न

१० भाद्र २०७५, आईतवार १८:४१

काठमाडौं-राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयमा संचालित छैठौं समूहको रेडियो ‘अपरेटर ग्रेड टु’ तालिम आइतबार सम्पन्न भएको छ।

सो अवसरमा सोही निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. राजिब सुब्बाले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै तालिम सम्पन्न गरेका हुन। उनले आफुले सिकेका सैद्धान्तिक र व्यवहारीक ज्ञानलाई कार्य क्षेत्रमा ईमान्दार एवं लगनशीलता पूर्ण लागु गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिएका छन।

कार्यक्रममा तालिम प्रमुख प्रहरी निरीक्षक जयशंकर शर्माले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। तालिममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो।

  • 27
    Shares