You are here
Home > समाचार > कञ्चनपुर हत्या प्रकरणः कर्फ्युको तालिकामा फेरबदल

कञ्चनपुर हत्या प्रकरणः कर्फ्युको तालिकामा फेरबदल

१० भाद्र २०७५, आईतवार १९:३०

कञ्चनपुर – भीमदत्तनगरमा आइतबार बेलुकी ६ बजेदेखि राति १० बजेसम्म र सोमबार बिहान ५ देखि दिउँसो १२ बजेसम्म कर्फ्यु खुलाइएको छ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्युको समय तालिममा फेरबदल गरेको जिल्ला प्र्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

विगत केही दिनयता कञ्चनपुरकको भीमदत्तनगरमा १३ वर्षीया निर्मला पन्त काण्डपछि आन्दोलन चर्किदै आएको थियो । यहाँ शुक्रबार राति ८ बजेदेखि स्थिति सामान्यरुपमा ल्याउन र शान्तिसुरक्षा खलबलिन नदिन कर्फ्यु लगाउन थालिएको हो।

भीमदत्त नगरपालिकाको ४, ६ र १८ को विभिन्न स्थान तोकेर कर्फ्यु लगाइँदै आएको छ। भीमदत्तनगरमा वातावरण केही सामान्य बनेकाले आइतबार बिहान पनि पाँच घण्टा कफ्र्यु हटाइएको थियो।

  • 5
    Shares