You are here
Home > समाचार > महेन्दनगरमा राति १० बजे सम्मका लागि कर्फ्यु हटाइयो

महेन्दनगरमा राति १० बजे सम्मका लागि कर्फ्यु हटाइयो

१० भाद्र २०७५, आईतवार २१:५७

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय प्रशासनले गत शुक्रबारबाट जारी गरेको कफर्यु आज राति १० बजे सम्मका लागि हटाइएको छ। कञ्चनपुरी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घट्नाको उचित अनुसन्धानको माग गर्दै आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले लगाएको कर्फ्यु आईतबार साँझ ६ देखि १० बजे सम्मका लागि हटाइएको हो।

गत शुक्रबार प्रहरीको गोली लागेर एक बालकको मृत्यु भएपछि लागू गरिएको कर्फ्यु आईतबार बिहान पनि ५ घण्टाका लागि हटाइएको थियो। राति १० बजेबाट पुन लागू भएर सोमबार बिहान ५ बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले दिए। सोमबार ५ देखि १२ बजेसम्म कर्फ्यु लागू नहुने र १२ बजेदेखि फेरि अर्को निर्णय नहुँदा सम्म कफ्यु जारी रहने उनको भनाई छ।

प्रदेश सरकारले ५\५ लाख दिने
बलात्कारपछि हत्या गरिएको किशोरीका परिवार र शुक्रबार गोली लागेर मृत्यु भएको सनि खुनाका परिवारलाई प्रदेश सरकारले ५\५ लाख दिने निर्णय गरेको छ। आईतबार पीडित परिवारलाई भेट्न पुगेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले उक्त जानकारी दिएका हुन।

  • 22
    Shares