You are here
Home > समाज > विद्यार्थी र प्रहरीबीच साथीत्वको भावना विस्तार गर्दै रायमाझी

विद्यार्थी र प्रहरीबीच साथीत्वको भावना विस्तार गर्दै रायमाझी

१० भाद्र २०७५, आईतवार २२:१५

गुल्मी-सशस्त्र प्रहरीले गुल्मीमा लागू पदार्थ दुव्र्यसनी र विपद् व्यवस्थापन सम्वन्धी चेतनामूलक अभियान विद्यालयस्तरमा सञ्चालन गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक (डीएसपी)दिनेश रायमाझी आजभोली विद्यालयमा गएर विद्यार्थीलाई लागु पदार्थ दुव्र्यसनी र विपद व्यवस्थापन सम्वन्धी चेतनामूलक जानकारी दिदै आएका छन्।

पढ्दा पढ्दै दिक्क मान्ने विद्यार्थी उनले दिएको शिक्षा शान्त भएर सुन्ने गर्छन्। रायमाझीले आफुतर्फ विद्यार्थीलाई आकर्षण गर्नका लागि कक्षा कोठामा निदाउने, हल्ला गर्ने र प्रश्न गर्नेलाई चक्लेट बाँड्ने समेत गरेका छन्।

माध्यमिक तहमा पढ्ने विद्यार्थीलाई लक्षित गरी सुरु गरिएको चेतनामूलक कार्यक्रममा उपरीक्षक रायमाझी सदरमुकामका विद्यालय र क्याम्पसमा पुगिरहेका छन्। विद्यार्थी र प्रहरीबीच साथीत्वको भावनाको विकास गर्दै समाज सुधार्न सघाउन महत्त्पूर्ण भूमिका निर्वाह गर्ने उनले अनुरोध गरे ।

लागू औषधले समाज पार्ने असरहरु तथा विपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन्, भन्ने विषयमा सशस्त्रले जनचेतना अभियान सुरु गरेको उनको भनाई छ।

सशस्त्र प्रहरीले जिल्लाको सदरमुकाम तम्घासको रेसुङ्गा क्याम्पसबाट सुरु गरेको सचेतना अभियान सदरमुकाम तम्घासका अर्जुन आवासिय माध्यमिक बिद्यालय, सिद्धबाबा माध्यमिक, रेसुङ्गा माध्यमिक बिद्यालय र महेन्द्र माध्यम बिद्यालय सम्म अभियनाल चलिरहेको सशस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक रायमाझीले बताए।

स्कुल कार्यक्रमबाट स्कुल तथा क्याम्पसमा पढने विद्यार्थी लागू औषध दूव्र्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण निर्वाह गर्ने उदेश्यले जनचेतना कार्यक्रम थालिएको सशस्त्र प्रहरी बल गुल्म गुल्मीका सशस्त्र प्रहरी निरीक्षक देबराज मल्लले बताए ।

युवा तथा विद्यार्थीहरु नै लागू औषधमा फस्न सक्ने र बिद्यार्थीहरुले नै यसको नियन्त्रण तथा जनचेतना सन्देशहरु प्रवाह गर्न मदत गर्न सक्ने भएकाले स्कुल तथा क्याम्पसहरुमा जनचेतना मुलम कार्यक्रम राखिएको प्रहरी निरीक्षक मल्लले बताए ।

सदरमुकाम तम्घासको रेसुङ्गास्थित क्याम्पसबाट सुरु भएको अभियान सदरमुकामका विभिन्न विद्यालयसमेत भएको रायमाझीले बताए। यतिमै मात्रै सिमित नराखेर ग्रामिण भेगका विद्यालयहरुमा समेत कार्यक्रम गरिने योजना रहेको उनले जानकारी दिए।

सशस्त्र प्रहरीले लागू औषध दुव्र्यसनी तथा विपत व्यवस्थापनका बारेमा दिएको सैद्धान्तिक तथा व्यावहारिक ज्ञानले फाइदा पुगेको रेसुङ्गा बहुमुखी क्याम्पसका विद्यार्थी गोविन्द अर्यालले बताए।

  • 73
    Shares