You are here
Home > समाचार > बिम्स्टेकलाई लक्षित गरि विमानस्थलमा हवाई सुरक्षा कडा

बिम्स्टेकलाई लक्षित गरि विमानस्थलमा हवाई सुरक्षा कडा

११ भाद्र २०७५, सोमबार ०८:४५

काठमाडौं –आगामी १४ र १५ भदौमा काठमाडौंमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनलाई ध्यानमा राख्दै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सुरक्षा व्यवस्था कडा पारेको छ। बिम्स्टेक सम्मेलनमा सहभागी हुन आउने विभिन्न मुलुकका भीभीआईपीलगायत सबै पाहुनाको सुरक्षाका लागि सरकारले हवाई सुरक्षा व्यवस्था बलियो बनाएको हो।

सरकारले अध्यागमन तथा भिसा फेसिलेसन डेस्क स्थापना गर्नेछ। बिम्स्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउने अतिथिको सुविधाका लागि विमानस्थलमा हेल्प डेस्क स्थापना गर्न लागिएको जनाइएको छ। यसले नेपाल आउने सदस्य राष्ट्रका अतिथिलाई अध्यागमन तथा लगेज किलियरेन्सका लागि सहयोग पुर्याउने छ। यसैगरी, भारतबाहेकका अन्य सदस्य राष्ट्रका अतिथिका लागि भिसासम्बन्धी विषयमा समेत विमानस्थलको छुट्टै हेल्प डेक्सले सहयोग गर्नेछ।

नेपाल आउने अतिथिले आफ्नो लगेजमा परिचयसहितको ट्याग टाँसेर आउनसमेत परराष्ट्र मन्त्रालयले पत्राचार गरेको छ। विमानस्थलमा ब्यागेज क्लियरेन्सका लागि सहज होस् भनेर नेपाल आउने अतिथिलाई आफ्नो ब्यागेजमा चौथो बिम्स्टेक सम्मेलनका लागि भीभीआईपी र अतिथिसहितको पहिचान टाँस गरी आउन भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

१३ भदौमा श्रीलंकाका राष्ट्रपति मैत्रिपाल श्रीसेना र भुटानका प्रधान न्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउनेछन्।

  • 23
    Shares