You are here
Home > प्रशासन > महेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाइयो

महेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाइयो

११ भाद्र २०७५, सोमबार १३:२७

कञ्चनपुर,११ भदौ-१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानको माग गर्दै चर्केको आन्दोलन पश्चात् स्थानीय प्रशासनले महेन्द्रनगर बजार क्षेत्रमा लगाउदै आएको कर्फ्यू सोमबार साँझ ६ बजेसम्मका लागि हटाइएको छ।

यसअघिको दिउँसो १२ बजेदेखि लागु हुने निर्णय स्थगित गर्दै साँझ ६ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको बैठकले अवस्था सामान्य हुँदै गएपछि पूर्व निर्धारित कर्फ्यूको निर्णय परिवर्तन गरेको हो।

गत शुक्रबार प्रहरीले चलाएको गोली लागेर १ बालकको मृत्यु पश्चात स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो । आइतबारदेखि कर्फ्यू केही खुकुलो पार्दै लगेको हो ।

सोमबार बिहान ५ बजेदेखि नै कर्फ्यू हटेपछि महेन्द्रनगर बजार क्षेत्रमा चहलपहल बढेको छ।

  • 8
    Shares