You are here
Home > राजनीति > नेकपा सत्ता कब्जाको बाटोमा लागेको देउवाको आरोप

नेकपा सत्ता कब्जाको बाटोमा लागेको देउवाको आरोप

११ भाद्र २०७५, सोमबार १४:२०

काठमाडौं,११ भदौ-काँग्रेस सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेकपा सत्ता कब्जा गर्ने बाटोमा रहेको आरोप लगाएका छन् ।

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग पार्टी कार्यालयमा आज गरेको अन्तरसम्वादमा सभापति देउवाले कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस र सुरक्षालाई नियन्त्रणमा राख्ने प्रयास गरेर सत्ता कव्जाको प्रकृयाबाट अगाडी बढेको आरोप लगाए।

सभापति देउवाले पछिल्लो समय स्थानीय तहले लिन थालेको करले जनतामा निराशा छाएको भन्दै काँग्रेसले जितेका स्थानीय तहमा कर उठाउदा ध्यान दिन निर्देशन दिए । ‘संविधानले तीनवटै तहले सरकारले कर लिन सक्ने भनेको छ तर अधिकार प्रयोग गर्दा ध्यान दिनुहोला ।’

कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले तीन तहको सरकार हुँदा काँग्रेस स्थानीय तहमा मात्रै भएको उल्लेख गर्दै जिम्मेवार हुन जनप्रतिनिधिलाई आग्रह गरे।

  • 9
    Shares