You are here
Home > कर्च्याप् कर्च्याप् > निर्मला हत्या प्रकरणः सामाजिक सञ्जालमा ‘अफवाह’ फैलियो (भिडियोसहित)

निर्मला हत्या प्रकरणः सामाजिक सञ्जालमा ‘अफवाह’ फैलियो (भिडियोसहित)

११ भाद्र २०७५, सोमबार १४:३३

कञ्चनपुर-कञ्चनपुर घटनामा दोषी भनेर सामाजिक सञ्जालमा ‘अफवाह’ फैलाइएका एसपीका छोरा र मेयरका भतिजा अनुसन्धानमा नतानिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

घटनाको आशंकाको भरमा बम दिदिबहिनी बाहेक अरुलाई अनुसन्धानका लागि नल्याइएको कञ्चनपुरको एसपी कुबेर कडायतले जानकारी दिए।

सामाजिक सञ्जालमा निर्मला पन्त हत्याका दोषी एसपीका छोरा र मेयरका भतिजा रहेको अफवाह फैलाइएको भन्दै उनले अनुसन्धानका क्रममा उनीहरु हालसम्म नजोडिएको बताएका छन्।

प्रहरीले शंकाको भरमा पक्राउ गरेका बम दिदिबहिनीलाई सोमबार म्याद थप गरी अनुसन्धान भइरहेको एसपी कडायतले जानकारी जानकारी दिए।

 

 

 

  • 60
    Shares