You are here
Home > अर्थ/बजार > बिमस्टेक सम्मेलनः १२ बुलेटप्रफु गाडीका लागि २ करोड निकासा

बिमस्टेक सम्मेलनः १२ बुलेटप्रफु गाडीका लागि २ करोड निकासा

११ भाद्र २०७५, सोमबार १५:०६

काठमाडौ-भदौ १४ र १५ गते हुन गईरहेको बिमस्टेक सम्मेलनमा सहभागी भीभीआइपीका लागि अर्थमन्त्रालयले दुई करोड रुपैयाँ निकासा गरेको छ। जुन बिमिस्टेकमा सम्मेलनमा सहभागी हुने सदस्य देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सुरक्षाका लागि १२ वटा बुलेटप्रुफ भाडामा लिनका लागि सो रकम निकास गरेको हो।

सम्मेलनमा सहभागी हुने नेपाल बाहेकका ६ देशका राष्ट्रप्रमुखसहित दोस्रो वरीयतामा रहने भीआईपीलाई पनि बुलेटप्रुफ गाडी उपलब्ध गराइने गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले जानकारी दिए।

सम्मेलनमा आउने राष्ट्र प्रमुख तथा सरकार प्रमुख र उहाँपछिको दोस्रो वरीयतामा रहने श्रीमान श्रीमती वा अन्य व्यक्तिलाई पनि बुलेटप्रुफ गाडी उपलब्ध गराइने उपसचिव अधिकारी जानकारी दिए।

अध्यक्ष राष्ट्रका हैसियतले नेपालले बिमस्टेकको चौथो सम्मेलन आयोजना गर्न लागेको हो।

  • 28
    Shares