You are here
Home > प्रशासन > प्रहरीको राइफल नै खेलौनासँग साटिएपछि……

प्रहरीको राइफल नै खेलौनासँग साटिएपछि……

११ भाद्र २०७५, सोमबार २०:२५

काठमाडौं- प्रहरीको ४२ वटा शक्तिशाली राइफल प्रहरीकै हतियारखानाबाट चोरी भएको छ। राइफल चोरी मात्र भएको छैन, असली राइफल राखिएका ठाउँमा काठ र प्लाष्टिकका नक्कली राइफल साटेर राखिएको पाइएको छ। यो घटना पाराग्वेको हो।

अनुगमनक्रममा पाराग्वेका प्रहरी अधिकारीहरुले आफ्नो हतियारखानामा राखिएका असली राइफल नक्कली खेलौनासँग साटिएको भेटिइएको हो। चालु हालतका राइफल पूराना भएकाले नयाँ राइफल ल्याउन हतियारखानामा संग्रह गरिएको थियो । तर एकवर्षअघि नै त्यसरी राखिएका राइफल बजारमा भेटिएपछि अनुसन्धानका लागि निर्देशन दिइएको थियो।

हतियारखाना अनुगमनक्रममा ४२ वटा राइफलका स्थानमा खेलौना राइफल भेटाइएपछि पाराग्वे प्रहरीकै इतिहासमा यो घटना लाजमर्दो भएको टिप्पणी गरिएको छ। प्रहरीले चोरी भएका राइफलहरु केही अर्जेन्टिना र बाँकी ब्राजिलमा तस्करहरुले बिक्री गरेको हुन सक्ने अनुमान गरेका छन्।

ब्राजिलले निकै लामो समयदेखि तस्कर गरिएका हतियार आफ्नो देशमा बिक्री भइरहेको गुनासो गरिरहेको थियो । हतियारको कालो बजारमा त्यस्ता हतियार भेटिन थालेपछि अनुगमनलाई तीव्रता दिइएको र अनुगमनपछि असली हतियारका नक्कली खेलौनासँग साटिएको पाइएको हो।

पाराग्वे प्रहरीको हतियार चोरी भएको घटना सार्वजनिक भएपछि हतियारखानाका प्रमुखलाई भने हटाइएको छ । तर अनुसन्धान जारी रहेको भन्दै कसैलाई पक्राउ भने गरिएको छैन । एजेन्सी

  • 22
    Shares