You are here
Home > समाचार > बिमस्टेकको सचिवस्तरीय बैठक सुरु, सुरक्षा सतर्कता बढाइयो

बिमस्टेकको सचिवस्तरीय बैठक सुरु, सुरक्षा सतर्कता बढाइयो

१२ भाद्र २०७५, मंगलवार ११:१६

काठमाडौ-बिमस्टेकको सचिवस्तरीय बैठक काठमाडौंमा सुरू भएको छ । बिमस्टेकको शिखर सम्मेलनमा प्रस्तुत गर्ने विषय तय गर्न सचिवस्तरीय बैठक मंगलबार बिहान सुरू भएको हो। बैठकमा सबै देशका विदेश सचिव सहभागी भएको परराष्ट्र मन्त्रामलयले जनाएको छ। बैठकको अध्यक्षता परराष्ट्र सचिव शंकर दास वैरागीले गरेका छन्।

सचिवस्तरीय बैठकले तय गरेको एजेन्डामा मन्त्रीस्तरीय बैठकमा पनि छलफल हुने छ। मन्त्रीस्तरीय बैठकका लागि सदस्य राष्ट्रका विदेश मन्त्रीहरु मंलबार नै काडमाडौं आउने छन्। बुधबार बिमस्टेकका विदेशमन्त्रीहरुको बैठक बस्ने छ।

सचिवस्तरीय बैठकले तय गरेका विषलाई मन्त्रीस्तरीय बैठकले अन्तिक टुंगो लगाउने छन्। बैठकमा व्यापार, यातायात, सञ्चार, प्रविधि, अन्तरदेशीय अपराध तथा प्रतिआतंकवाद, कृषि, गरिबी निवारण लगायतका विषयमा छलफल हुने बताइएको छ।

त्यसपछि, बिमस्टेक सदस्य राष्ट्रका प्रमुखहरुको बैठकमा ती विषय प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनका लागि सदस्य राष्ट्रका राष्ट्रप्रमुख पनि मंलबारबाट काठमाडौं आउन सुरु हुने छ । म्यानमारका राष्ट्रपति विन मिन्ट मंलबार काठमाडौं आउने छन् । अन्य देशका राष्ट्रप्रमुख बधबार र बिहिबारसम्म काठमाडौं आउने कार्यतालिका रहेको छ ।

सुरक्षा सतर्कता बढाइयो

बिमस्टेक सम्मेलनका लागि काठमाडौ उपत्याकामा सुरक्षा सतर्कता बढाइएको छ । सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ। सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सदस्य राष्ट्रका प्रमुखहरुको लागि चार वटा घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ।

  • 7
    Shares