You are here
Home > प्रशासन > गोरेद्धारा कारागारभित्रै आत्महत्याको प्रयास

गोरेद्धारा कारागारभित्रै आत्महत्याको प्रयास

१२ भाद्र २०७५, मंगलवार १६:१६

काठमाडौं– ३३ केजी सुनकाण्ड र शनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) ले आत्महत्याको प्रयास गरेका छन्। उनले आफैले लगाएको सर्टले घाटीमा पासो लगाएर केन्द्रीय कारागार सुन्धारा भित्रै आत्महत्या प्रयास गरेका हुन्।

सुनकाण्ड र शाक्य हत्याकाण्ड पछि समातिएपछि गोरे लामो समयदेखि मानसिक समस्यामा रहेको जनाइएको थियो। उनी एकोहोरो हुने, तनाबमा आउँदा टाउँको भित्तामा ठोक्ने क्रियाकलाप गर्दै आइरहेका गोरेले गत साता आफैले लगाएको सर्ट च्यातेर केन्द्रीय कारागार सुन्धारा स्थित गोलघर भित्र आत्महत्याको प्रयास गरेको कारागार स्रोतले जानकारी दिएको छ।

मोरङ जिल्ला अदालतले सनम हत्या र सुनकाण्डको सुनुवाइ पछि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि गोरेलाइ गत जेठ २८ मा सुनसरीको झुम्का कारगारबाट काठमाडौं ल्याइएको थियो। सम्पत्ति अनुसन्धानको लागि सम्पति सुद्धिकरण विभागले काठमाडौं झिकाएको थियो।

  • 19
    Shares