You are here
Home > समाचार > सरकार विप्लवप्रति कठोर बन्दै, प्रकाण्डपछि नेतृ भुजेल पक्राउ

सरकार विप्लवप्रति कठोर बन्दै, प्रकाण्डपछि नेतृ भुजेल पक्राउ

१२ भाद्र २०७५, मंगलवार १६:२९

काठमाडौ-सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रमुख नेताहरुलाई धमाधम पक्राउ गर्न थालेको छ। पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा पक्राउ परेको करिब तीन सातापछि गोर्खा जेलब्रेककी कमाण्डर नेतृ उमा भुजेललाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।

माओवादीले थालेको १० वर्षे जनयुद्धका क्रममा उनकै नेतृत्वमा गोर्खा जेल ब्रेक भएको थियो। उनी तत्कालिन माओवादीको सैन्य मोर्चामा कमाण्डरको रुपमा समेत कार्यरत थिईन्। माओवादी पार्टीमा रहदा उनी अन्तरीम विधायीक समेत बनेकी थिईन।

विप्लव नेतृत्वको पार्टीमा उनी शिर्ष नेताहरुमध्ये एक हुन् । भुजेललाई गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा प्रक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ।

  • 32
    Shares