You are here
Home > समाचार > म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौंमा,राजधानीको सुरक्षाव्यवस्था कडा

म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौंमा,राजधानीको सुरक्षाव्यवस्था कडा

१२ भाद्र २०७५, मंगलवार २०:४१

काठमाडौं– बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइपुगेका छन्। उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

यसैबीच भीभीआईपीहरु नेपाल आउने क्रम सुरु भएसँगै राजधानीको सुरक्षा व्यवस्था कडा गरिएको छ।४ वटै सुरक्षा निकायले शंकास्पद स्थानहरुमा आफ्नो गस्ती र पट्रोलिङ बढाएका छन् ।

सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारीहरुले भिभिआईपी मुभमेन्ट हुने स्थानहरुका पुल, आकाशेपुल र कल्भर्टहरुको सुरक्षा गर्ने शसस्त्र प्रहरी बलका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

सम्मेलन अवधिभर करिब ४ हजार शसस्त्र प्रहरी बालका सुरक्षा अधिकारीहरु परिचालिन हुनेछन् । यस्तै नेपाल प्रहरीका पनि १२ हजार बढी परिचालन हुनेछन् ।सम्मेलन भदौ १४ र १५ गते हुँदैछ।

  • 11
    Shares