You are here
Home > प्रशासन > सशस्त्रका डिएसपी रामप्रसाद भण्डारी बर्खास्त

सशस्त्रका डिएसपी रामप्रसाद भण्डारी बर्खास्त

१२ भाद्र २०७५, मंगलवार २१:१७

काठमाडौं-काठ तस्कर गर्दै गरेको अवस्थामा पक्राउ परेका सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारी बर्खास्त भएका छन्। पदीय जिम्मेवारीको दुरुपयोग गरि प्रहरी संगठन भित्रको छवीमा आँच पुर्याउने काम गरेको भन्दै गृह मन्त्रालयले सोमबार सशस्त्र प्रहरी नियमावलीको नियम ११५ को उपनियम १ अनुसार बर्खास्त गरेको हो।

सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारी गत जेठ २१ गते १ सय ८४ थान सालको काठ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा धनकुटाको साँघुरीगढी गाउँपालिकास्थित मुलघाटबाट पक्राउ परेको समाचार मुलधार न्यूजले प्रकाशित गरेको थियो। समाचार प्रकाशित भएपछि पक्राउ लगत्तै अनुसन्धानका क्रममा गृह मन्त्रालयले उनलाई निलम्वन गरेर छानविन थालेको थियो।

छानविनको क्रममा प्रहरी नायव उपरीक्षक भण्डारीले तस्कर गरेको स्वीकार गरेसँगै मन्त्रालयले उनलाई पदबाट बर्खास्त गरेको हो। भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

  • 135
    Shares