You are here
Home > विचित्र संसार > महिला पत्रकारले महिला पत्रकारलाई नै पोर्न भिडियो पठाएपछि …

महिला पत्रकारले महिला पत्रकारलाई नै पोर्न भिडियो पठाएपछि …

१२ भाद्र २०७५, मंगलवार २२:३५

काठमाडौ –एक जना महिला पत्रकारले पोर्न भिडियो साथीको म्यासेन्जरमा पठाएको आरोपमा बाँकेकी एक पत्रकार काठमाण्डौमा पक्राउ परेकी छिन्। म्यासेन्जरमा पोर्न भिडियो पठाएको भन्दै उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार पोर्न भिडियो साथीलाई म्यासेन्जरमा पठाएको आरोपमा बाँकेकी पत्रकार कमला हमाल पक्राउ परेकी हुन्।

हमालले म्यासेन्जरमा पोर्न भिडियो पठाएको आरोपमा पत्रकार विद्या चौधरीले उजुरी दिएपछि हमाललाई पक्राउ गरेका छौँ’, एसएसपी सिंहले भने, ‘उनलाई साइबर क्राइममा गिरफ्तार गरिएको हो।’

उजुरीका आधारमा अपराध महाशाखाले काठमाडौंको लाजिम्पाटबाट हमाललाई पक्राउ गरिएको छ। मंगलबार पक्राउ परेकी हमाललाई परिसरमा राखिएको छ।

  • 12
    Shares