You are here
Home > प्रशासन > पारिवारीक परिवेशबाट आर्मीको प्रेरणा पाएका पूर्णचन्द्र,राष्ट्रपतिद्वारा प्रधान सेनापतिमा नियुक्त

पारिवारीक परिवेशबाट आर्मीको प्रेरणा पाएका पूर्णचन्द्र,राष्ट्रपतिद्वारा प्रधान सेनापतिमा नियुक्त

१२ भाद्र २०७५, मंगलवार २२:४७

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त गरेकी छिन्।कामु प्रधान सेनापतिका रुपमा काम गर्दै आएका उनलाई भदौ २४ गतेदेखि लागू हुने गरी राष्ट्रपति भण्डारीले मंगलबार प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

सरकारले गत साता उनलाई प्रधान सेनापतिमा नियुक्त गर्न सिफारिस गरेको थियो। थापाले साउन २४ गतेदेखि नै कामु प्रधासेनापतीका रुपमा सेनाको कमान्ड सम्हाल्दै आएका छन्। उनले तीन वर्ष सेनाको नेतृत्व सम्हाल्नेछन्।

नेपाली सेनामा उनको करियर ग्राफ र ट्रयाक रेकर्ड अत्यन्तै कूशल सैनिक अधिकृतका रुपमा रहेकाले पनि उनी भावी प्रधानसेनापतिको दौडमा सम्भावित एक्ला दाबेदारजस्तै थिए। कामु प्रधानसेनापति थापा सैनिक करियरमा जति अब्बल र कूशल कहलिएका छन, वास्तविक जीवनमा उत्तिकै सरल, मिजासिलो र तार्किक मानिन्छन्।

पारिवारीक अवस्था
प्रधानसेनापति क्षेत्रीजस्तै कामु प्रधानसेनापतिका रुपमा नेपाली सेनाको कमाण्ड सम्हाल्न लागेका रथी पूर्णचन्द्र थापाको परिवारपनि लामो समयदेखि सैनिक सेवामा छन् । उनका हजुरबुबा नेपाली सेनाको मेजर (सेनानी) थिए भने बुबा फणेन्द्र बहादुर थापा लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) सम्म भएका थिए।थापाको जन्म विस २०१७ साल भदौ २५ गते लमजुड जिल्लाको गाउँशहरमा परिवारका कान्छा छोराको रुपमा भएको हो।

सेवामा प्रवेश
वि.स २०३७ साल मंसिर २७ गते नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट (सहायक सेनानी) को रुपमा सेवामा प्रवेश गरेका थिए। थापाको सुरुवातीको पल्टन गोरखबहादुर गण हो। नेपाली सेनामा आफुलाई अब्बल र क्षमतावान सावित गरिसकेका थापालाई सेनाभित्र उच्च सैनिक अधिकारीका रुपमा समेत चिन्ने गरेका छन्। सेनाका २ रथीमध्ये थापा सिनियर हुन्। उनलाई प्रधानसेनापति क्षत्रीले नै भावी प्रधानसेनापतिका रुपमा अगाडि सारेका थिए। २ बर्षे शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा गएका उनलाई एक बर्षभित्र नै फिर्ता बोलाएको थियो।

कुन-कुन पदमा काम गरे?
शुरुमा सेकेण्ड लेफ्टिनेन्टबाट प्रवेश गरेका थापाले सेनाको तर्फबाट विदेशमा फोर्स कमाण्डर समेत समालेका थिए। थापाले श्रीगजंग गुल्मपति, श्रीजंग गणपति नं.२ बाहिनीपति र उपत्यका पृतनाको पृतनापतिको रुपमा काम गरिसकेका छन्। यस बाहेक उनले सैनिक मुख्यालयमा जनरल स्टाफ अधिकृत, सैनिक शिक्षालय नगरकोट शिक्षक अधिकृत तथा डाइरेक्ँिटग स्टाप, सेनाको महत्वपूर्ण नियुक्ती मानिने सैनिक सचिव र कल्याणकारी निर्देशक तथा कार्यरती र संभारथी विभागको प्रमुखको रुपमा काम गरिसकेका छन्।

शैक्षिक उपाधी हाँसिल
विस २०३७ सालमा सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नजिता हाँसिल गरेका थापाले गोरखबहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएर कामको थालनी गरेका थिए। सेनामा मध्यमतहको कमाण्डरले गर्नुपर्ने स्टाफ कलेज नेपालबाट गरेका उनले भारतको दिल्लीबाट २००९ मा नेशनल डिफेन्स फोर्स गरेका थिए। उनले मद्रास विश्वविद्यालयबाट नै फिलोसोफी इन डिफेन्स एण्ड स्ट्टेजिक स्ट्र«डीजमा स्नातकोत्तर गरेका छन्।

सेवा कार्यकालमा मिशन
थापाले संयुक्त राष्ट संघमा पटक(पटक गरी लामो समयसम्म सेवा गरि अनुभव लिइसकेका छन्। सन् १९८६ मा युनिफिल मिसन लेवनानमा नेपाली कन्टिनजेन्टका रुपमा सेमुपति, सन् १९८९ मा युनिफिल मिसन हे.क्वा.मा अपरेशन डिउटी अधिकृतको रुपमा काम गरेका छन्। त्यसैगरी उनले सन् १९९४ देखि १९९५ सम्म सैनिक पर्यवक्षेकको भूमीका अनप्रोफर (पूर्व युगोस्लाभिया हाल बोस्नीया, हर्जगोभिनिया र क्रोसिया) मिशनमा सफल भूमीका निर्वाह गरेका छन्।

संयुक्त राष्ट संघको उच्च तहको अनुभव हाँसिल गर्ने क्रममा सन् २००९ देखि २०११ सम्म नेपाल र नेपाली सेनाको प्रतिनितित्व गरी युनाइटेड नेशन्स् मिशन इन नेपाल (जेएमसिसि) अन्तर्गत संयुक्त अनुगमन समन्वय समितिको उपप्रखुमको रुपमा का गरेका छन्। पदक हाँसिल रथी थापा सुप्रवल जनसेवाश्री तेस्रो, गोरखा दक्षिणवाहु तेस्रो र त्रिशक्ति पटट् चौथो जस्ता महत्वपूर्ण मानपदवीहरुबाट विभुषित भएका छन्।

  • 16
    Shares