You are here
Home > अर्थ/बजार > ६१ हजार अबैध अमेरिकन डलरसहित लैनचौर प्रहरीद्धारा तीन पक्राउ

६१ हजार अबैध अमेरिकन डलरसहित लैनचौर प्रहरीद्धारा तीन पक्राउ

१२ भाद्र २०७५, मंगलवार २३:२३

काठमाडौं -महानगरीय प्रहरी बृत्त लैनचौरले अबैध ६१ हजार अमेरिकी डलर (नेपाली ६१ लाख भन्दा बढी ) सहित तिन जनालाई नियन्त्रणमा लिएको छ ।

अबैध डलरको कारोबार हुने गरेको गोप्य सुचनाको आधारमा वृत लैनचौरले गरेको अप्रेशनपछि सो रकमसहित तिन जनालाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट अमेरिकी डलर ६१ हजार ६ सय २० फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरी धरानका ३५ वर्षीय अमर विक, रुकुम, सिस्नेका २९ वर्षीय धन बहादुर खड्का र नयाँ बजारका एक जना रहेका छन । पक्राउ परेकाहरु हुण्डी र सुन कारोबारी हुनसक्ने प्रहरीको आशंका छ। प्ररीले ‘हुण्डी कारोबार र सुन कारोबारी भएको आशंका छ, थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • 10
    Shares