You are here
Home > समाचार > आजदेखि जोर–बिजोर सवारी मात्र चल्ने,यो नियम कसलाई लाग्दैन ?

आजदेखि जोर–बिजोर सवारी मात्र चल्ने,यो नियम कसलाई लाग्दैन ?

१३ भाद्र २०७५, बुधबार ०७:३०

काठमाडौं-सरकारले बिमस्टेक बैठकलाई लक्षित गर्दै बुधबार ‘आज’ देखि शुक्रबार ३ दिनसम्म काठमाडौंमा जोर-बिजोर नम्बर अनुसार गाडी चल्ने भएका छन् ।

१४ र १५ हुन लागेको चौथो बिमस्टेक शिखर सम्मेलनका क्रममा गाडी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार र शुक्रबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९०) भएका गाडीमात्रै चल्न पाउनेछन् भने बिहिबार जोर (०,२,४,६,८) अंक भएका गाडी मात्रै चल्न पाउनेछन् ।

यी अवस्थामा भने जोर बिजोर प्रणाली लागु हुने छैन –
–बिमस्टेक कार्यक्रममा जाने निमन्त्रणा भएका सवारी साधनहरुलाई
–गृह तथा परराष्ट्र र बिमस्टेकमा खटिएका कर्मचारीहरुलाई
–सांसदका सवारी साधनहरु (परिचय पत्र हेरेर)
–अत्यावश्यक सेवा , अति आवश्यक कार्य (बिरामी, विद्यार्थीको परीक्षा , एयरपोर्ट टिकट भएका)हरुलाई
–कुटनितिक नियोगका सवारी साधनहरु
–सूचना विभागबाट प्रेस पास लिएका पत्रकारहरुलाई ।
–बिहान ६ बजेअघि र राति १० बजेपछि सम्पुर्ण सवारी साधनहरू

  • 13
    Shares