You are here
Home > प्रशासन > हुम्लाका स्थानीय महिलाले घेराबन्दीमा पारेपछि प्रजिअ र डिएसपीको भागाभाग

हुम्लाका स्थानीय महिलाले घेराबन्दीमा पारेपछि प्रजिअ र डिएसपीको भागाभाग

१३ भाद्र २०७५, बुधबार ०८:३२

हुम्ला- नेपाल र चीनका सुरक्षा अधिकारी बीचको सीमा बैठकमा भाग लिन गएका प्रमुख जिल्ला अधिकारीको टोलीलाई नेपाल र चीनको सिमा क्षेत्र हिल्साका स्थानीय महिलाहरु घेरेपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख डिएसपी रातारात भागेका छन्।

चीनको स्वशासित क्षेत्र तिव्वतको ताक्लाकोटमा हुने नेपाल र चीनका सुरक्षा अधिकारी बीचको सीमा बैठकमा भाग लिन भएको थिए।
सिमावर्ती क्षेत्र हिल्सामा बसोबास गर्ने स्थानीयबासीसंगै सम्पुर्ण हुम्लाबासी र कर्मचारीलाई आवतजावतमा सहजता, खाद्यान्न र दैनिक उपभोग्य सामान आयातमा सहजताका लागि पहल, लागु औषध ओसारपसार तथा अन्तरदेशिय अपराध नियन्त्रणका लागि चिनीया पक्षसंग वार्ता गर्न भदौ ८ गते प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङगानाको नेतृत्वमा ३ सदस्यीय टोली ताक्लाकोट प्रस्थान गरेको थियो।

हिल्सास्थित नेपालीहरुले दैनिक उपभोग्य सामान र चीनमा रहेको प्रमुख धार्मीकस्थल मानसरोवर कैलाश आवतजावत सहज गराउनका लागि वार्ता नभई वार्ताका नाममा श्रीमती घुमाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरी घेरेपछि प्रमुख जिल्ला अधिकारीको टोलीलाई हिल्सा जान रोक लगाएका थिए।

स्थानीयबासीसंगै सम्पुर्ण हुम्लाबासी र कर्मचारीलाई आवतजावत गर्नका लागि सहज वातावरण र दैनिक उपभोग्य सामान आयातमा सहजता नभएसम्म हिल्साबाट फर्किन नदिने भन्दै हेलिकप्टर चढन नदिए पछि आफुसंगै मानसरोवर कैलाश दर्शनका लागि गएकी श्रीमतीलाई हिल्सा छोडेर बेलुकी ७ बजे प्रमुख जिल्ला अधिकारी मादबप्रशाद ढुङगाना र प्रहरी प्रमुख डिएसपी रबिन श्रेष्ठ भागेर हिडेको नाम्खा गाउँपालिका १ की पेमाअंंङमु लामाले बताइन् ।

चिनियाँ पक्षले परम्परादेखि गर्दै आएको कैलाश मानसरोवरको धार्मिक यात्रामा केही बर्षदेखि प्रतिबन्ध लगाएको, सिमा क्षेत्रको ३० किलोमिटर सम्म दुबै देशका स्थानीयबासीले सहज रुपमा आवतजावत गर्न पाउने निती अनुरुप नेपालीले आवतजावत गर्न नपाएको, हिल्सामा चिनियाँ पक्षले नेपालीलाई गरिने अपमान जस्ता बिभिन्न गतिविधी हुँदा समेत दुई पक्षिय वार्तामा नेपाली वार्ता टोलीका सदस्यले कुनै वास्ता नगरेको र देशभरी जहाँ बसेर पनि व्यापार व्यवसाय गर्न पाउने अधिकारलाई प्रमुख जिल्ला अधिकारीले हिल्सा नबसेर आ–आफ्नो गाउँ ठाउँमा गएर खेतीपाती गरेर बसे यस्तो समस्या नआउने भनेर आफुहरुको अधिकार माथी नै धावा बोलेपछि हिल्साका स्थानीय महिलाहरु आक्रोसित भएर बार्ता टोली बसेको घर सिमा प्रहरी चौकी घेरा हाली आफ्नो माग पुरा नहुँदासम्म जिल्ला फर्किन नदिने भन्दै नारा बाजी गरेको लामाले बताईन् ।

जिल्लाका सिडिओ, डीएसपी, एलडिओहरुले सीमा बार्ताका नाममा आफ्ना आफन्त र श्रीमतीलाई मानसरोवर कैलाश घुमाउने सिवाय अरु कुनै उपलब्धी नगरेको नाम्खा गाउँपालिका वडा नम्बर ३ च्यादुककी धोङजुङ लामा आरोप लगाइन्।

प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगनाको श्रीमतीले सिमाबासीहरुको समस्या समाधान गराउन आफु लागि पर्ने भनी प्रतिबद्धता गरेपछि हिल्साबाट छोडेको नाम्खा गाउँपालिका १ की पेमाआंंङमु लामाले बताइन् ।

सीमा सुरक्षा वार्ताका लागि हिल्सा पुगेका प्रमुख जिल्ला अधिकारीको टोलीले हिल्साबासीहरुको मागलाई लिखितरुपमा सम्बोधन हुनुपर्ने स्थानीयहरुको माग रहेको थियो ।

  • 23
    Shares