You are here
Home > खेलकुद > एसिया कप छनोटमा सागरको आकर्षक प्रदर्शन

एसिया कप छनोटमा सागरको आकर्षक प्रदर्शन

१३ भाद्र २०७५, बुधबार ११:४२

काठमाडौं,१३ भदौ-एसिया कप छनोटःएसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बायुमास ओभरमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय २१ रन बनाउन सक्यो।

नेपालको उच्च स्कोरमा सागर पुनले ८३ रन जोडे। यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका सागरले पहिलो खेलमा शानदार ब्याटिङ्ग प्रदर्शन गरेका हुन्।

ओपनर ज्ञानेन्द्र मल्ल ४५ रन बनाएर आउट भएको खेलमा सुबास खकुरेल ४ रनमा पवेलियन फर्किएका थिए।

पारस खड्का ८ रनमा आउट हुदाँ दिपेन्द्र सिंह ऐरीले मात्र ९ रन जोड्न सके। आरिफ शेख ३६, रोहितकुमार पौडेल शुन्य, सोमपाल कामी ५ रनमा आउट भए।प्रतियोगिताको विजेता एसिया कपकालागि छनोट हुनेछ।

एकदिवसीय क्रिकेटमा ६ पटक ओमानविरुद्ध प्रतिस्पर्धा गरेको नेपालले पाँच बर्षयता उसलाई हराउन सकेको छैन । पछिल्ला ६ भेटमा नेपाल र ओमानले समान ३्३ पटक जित निकालेका छन्। नेपालले पछिल्लो समय सन् २०१३ मा ओमानलाई हराएको थियो।

  • 8
    Shares