You are here
Home > समाचार > कर्णाली प्रदेश सरकार प्रहरी र अनुसन्धान व्यूरो गठनको तयारीमा

कर्णाली प्रदेश सरकार प्रहरी र अनुसन्धान व्यूरो गठनको तयारीमा

१३ भाद्र २०७५, बुधबार १३:२३

काठमाडौ-कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्ने तयारी थालेको छ। प्रदेशको शान्ति सुरक्षाका लागि जनशक्ति अभाव भएकोले प्रदेश प्रहरी गठन गर्ने तयारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जानकारी दिए।

कर्णालीमा अमानवीय र विकराल समस्याको रुपमा रहँदै आएको छाउपडीपछि गोठमा बस्नुपर्ने अवस्था, लागू औषध नियन्त्रण गर्न र जनताको सुरक्षा योजना कार्यान्वयन गर्न प्रहरीले काम गर्ने उनले बताए।

प्रदेशको सबै सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने गरी काम भइरहेको भन्दै मन्त्री भण्डारीले प्रदेश प्रहरीका लागि भौतिक पूर्वाधार निर्माणको काम समेत सुरु गर्ने लागिएको जानकारी दिएका छन् ।

मन्त्री भण्डारीले प्रदेश सरकारल प्रदेश प्रहरीसहित अनुसन्धान व्यूरो, तालिम केन्द्र, सिमानासँग जोडिएका चौकीहरु तथा विभिन्न जिल्लाका कारागारहरु लगायतका पूर्वाधार निर्माण गर्न लागिएको छ।

  • 25
    Shares